National life

साताभरमा ६.०१ अंक घटेको शेयर बजारको आगामी यात्रा कस्तो रहला ? यसो भन्छन् जानकार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ चैत २०८१, शनिबार
691Shares
साताभरमा ६.०१ अंक घटेको शेयर बजारको आगामी यात्रा कस्तो रहला ? यसो भन्छन् जानकार
ncell

काठमाडौँ । गत साता २६६९.३१ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.२३ प्रतिशत अर्थात् ६.०१ अंक घटेर २६६३.३० विन्दुमा ओर्लिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस साता भएको ५ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन घटेर बन्द भएको थियो। यस साता सेन्सेटिभ इण्डेक्स १.४१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७२ अंक रहेको छ।

त्यस्तै, नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ५ अर्ब २६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ८ करोडको शेयर किनबेच भएको छ।

गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३.३७ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या १.६६ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ०.२७ प्रतिशत घटेको छ।

यस साता १३ वटा उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.२८ प्रतिशत बढेको छ।

यस साता अन्य उपसमूहको परिसूचक करिब २ प्रतिशत बढेको छ भने जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक सामान्य बढेको छ।

त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशत घटेको छ। यस साता नेप्सेमा ११ कम्पनीको २ करोड ७ लाख ९४ हजार ५०३.२० कित्ता शेयर सूचीकृत भएको छ।

बजारमा देखिएको अस्थिर राजनीतिक अवस्था बाहेक बजार घट्ने आधार नदेखिएको कारण शेयर बजारमा सुधार देखिने विश्लेषकहरूको भनाई छ । यस अगाडि शेयर बजारले लामो समयको करेक्सन चक्र पुरा गरेको कारण अब बजारले सुधारको लय समाएको जानकारहरूको भनाई छ। बैंकको ब्याजदर न्यून बिन्दुमा रहेको र शेयर बजारमा देखिएका साना लगानीकर्ता र शेयर बिक्री गर्नेको प्रतिक्षा सकिएको कारण आइतवरदेखि शेयर बजारमा सुधार आउने विश्लेषकहरूको भनाई छ ।

२९ सयको आसपास पुगेको नेप्से अचानक घटेर २५ सयको आसपास पुगेको थियो। यस्तो अवस्थामा सामान्यतया लगानीकर्ताहरू ’वेट एन्ड वाच’ अवस्थामा बस्ने गर्दछन्। बजार बढ्न थालेपछि आम लगानीकर्ताहरूको उत्साह बढ्ने र सेयर खरिद गर्ने प्रक्रिया सुरु हुने भएको छ, जसले बजारमा माग थप्ने र कारोबार रकम बढाउने अपेक्षा राखिएको छ ।

यसअघि बजारमा प्रोफिट बुकिङ र राजनीतिक अस्थिरताको कारण केही नकारात्मक प्रभाव परेको थियो। तर, बजार तल्लो स्तरमा पुगेपछि क्रेताहरू पुनः आकर्षित हुनु सामान्य प्रवृत्ति हो। बजारको करेक्सन पूरा भएपछि सकारात्मक माहौल देखा पर्न थालेको कारण आइतवारदेखि शेयर बजारको यात्रामा सुधार आउने जानकारहरूको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
691SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?