National life

डिम्याट र मेरो सेयर शुल्क तिर्न छुट्यो ? नवीकरण नगरे १६ गतेदेखि रोक्का हुने

नवीकरण नगरे कारोबार रोकिने, अनलाइनबाटै सजिलै शुल्क बुझाउने विधि

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१० साउन २०८३, आइतबार
2.7kShares
डिम्याट र मेरो सेयर शुल्क तिर्न छुट्यो ? नवीकरण नगरे १६ गतेदेखि रोक्का हुने
ncell

काठमाडौं । डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क समयमै नतिर्ने लगानीकर्ताका लागि सीडीएस एन्ड क्लियरिङले कडाइ गरेको छ। साउन १५ भित्र शुल्क नबुझाए १६ गतेदेखि खाता रोक्का गरिने व्यवस्था गरिएको जनाइएको छ।

कम्पनीले सार्वजनिक सूचनामार्फत तोकिएको समयसीमाभित्र नवीकरण नगरेका खातामा रोक लगाइने स्पष्ट पारेको हो। खाता रोक्का भएपछि सेयर किनबेच गर्न नपाइने भएकाले लगानीकर्तालाई समयमै शुल्क बुझाउन आग्रह गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नियमअनुसार असार मसान्तभित्रै बुझाउनुपर्ने वार्षिक शुल्क यस वर्ष साउन मध्यसम्मका लागि थप गरिएको हो। डिम्याट खाता कायम राख्न प्रत्येक वर्ष १०० रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ। हाल देशभर डिम्याट खाताको संख्या ८० लाखभन्दा बढी पुगेको छ।

यसैगरी, मेरो सेयर प्रयोगकर्ताले वार्षिक ५० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ। हाल सक्रिय मेरो सेयर खाताको संख्या ५१ लाखभन्दा बढी रहेको तथ्यांकले देखाउँछ।

आईपीओ, एफपीओ तथा हकप्रद सेयर आवेदनदेखि दोस्रो बजारमा सेयर हस्तान्तरणसम्मका सबै प्रक्रिया मेरो सेयरमार्फत हुने भएकाले यसको नवीकरण पनि अनिवार्य मानिएको छ।

घरमै बसेर अनलाइन प्रणालीमार्फत सहज रूपमा शुल्क तिर्न सकिने व्यवस्था गरिएको छ। मेरो सेयरमा लगइन गरी ‘एकाउन्ट इन्फर्मेसन’ भित्रको ‘रिन्यू एकाउन्ट’ विकल्पबाट इसेवा, खल्ती, प्रभु पे, आईएमई पे वा कनेक्ट आईपीएस जस्ता माध्यम प्रयोग गरेर भुक्तानी गर्न सकिन्छ। आवश्यकताअनुसार डिम्याट मात्र वा मेरो सेयरसहित दुवै नवीकरण गर्ने विकल्प पनि उपलब्ध छ।

यो समाचार शेयर गर्नुहोस्
2.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?