National life

डिम्याट खाता ८० लाख नाघ्यो, ५.६२ लाख लगानीकर्तासँग दुई वा बढी खाता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|१० साउन २०८३, आइतबार
1.9kShares
डिम्याट खाता ८० लाख नाघ्यो, ५.६२ लाख लगानीकर्तासँग दुई वा बढी खाता
ncell

काठमाडौं । नेपालमा डिम्याट (हितग्राही) खाताको संख्या ८० लाख ९ हजार ६०० नाघेको छ भने मेरोसेयर प्रयोगकर्ता ५१ लाख ४८ हजार पुगेका छन्। तर, सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार ५ लाख ६२ हजारभन्दा बढी लगानीकर्ताले दुई वा सोभन्दा बढी डिम्याट खाता सञ्चालन गरिरहेका छन्।

हालको व्यवस्थाअनुसार एक व्यक्तिले बढीमा दुईवटा डिम्याट खाता राख्न पाउने भए पनि एकीकृत प्रमाणीकरण प्रणाली प्रभावकारी नहुँदा तोकिएको सीमाभन्दा बढी खाता सञ्चालन भएका छन्।

पछिल्लो आठ वर्षमा डिम्याट खाताको संख्या १२.९६ लाखबाट ८० लाखभन्दा माथि पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यद्यपि, अधिकांश खाता आईपीओ आवेदनका लागि मात्रै प्रयोग हुने र दोस्रो बजारमा सक्रिय कारोबार गर्ने लगानीकर्ताको संख्या तुलनात्मक रूपमा कम रहेको बजार जानकारहरू बताउँछन्।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?