काठमाडौँ । सेयर लगानीकर्ता संघ नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षामा समेटिनुपर्ने प्रमुख सुझावहरू नेपाल राष्ट्र बैंकसमक्ष प्रस्तुत गरेको छ।
संघले गभर्नरलाई बुझाएको प्रस्तावमा पूँजी बजारलाई थप सुदृढ, तरल र लगानीमैत्री बनाउने लक्ष्य राखिएको छ। यसका लागि बैंक तथा वित्तीय संस्था, लघुवित्त, शेयर धितो कर्जा, गैरआवासीय नेपाली (एनआरएन) लगानी र संस्थागत कोष परिचालनसँग सम्बन्धित नीतिगत सुधार आवश्यक रहेको उल्लेख गरिएको छ।
अध्यक्ष तारा प्रसाद फुल्लेलद्वारा हस्ताक्षरित सुझावपत्रमा पाँच मुख्य बुँदाहरू समावेश छन्।
यस्तै, गैरआवासीय नेपालीलाई पूँजी बजारमा सहज प्रवेश र नाफा फिर्ता लैजाने स्पष्ट व्यवस्था गर्नुपर्ने तथा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष र बीमा कम्पनीजस्ता संस्थागत कोषलाई बजारमा सक्रिय बनाउन नीति सहजीकरण गर्नुपर्ने माग पनि राखिएको छ।
संघले यी सुझाव कार्यान्वयन भएमा पूँजी बजारमा विश्वास बढ्ने, तरलता विस्तार हुने र समग्र वित्तीय प्रणाली अझ मजबुत बन्ने विश्वास व्यक्त गरेको छ।
































