परिचय
शेयर बजारमा सफल लगानी तथा ट्रेडिङ गर्नका लागि केवल कम्पनीको वित्तीय अवस्था वा समाचार मात्र पर्याप्त हुँदैन । बजारको मूल्य (Price) कुन दिशामा गइरहेको छ, ट्रेन्ड बलियो छ वा कमजोर, बजारमा खरिदकर्ताको प्रभाव बढी छ कि विक्रेताको भन्ने कुरा बुझ्नु अत्यन्त आवश्यक हुन्छ । यही उद्देश्यका लागि Market Structure र Dow Theory लाई प्राविधिक विश्लेषण (Technical Analysis) को आधार मानिन्छ ।
मार्केट स्ट्रक्चरले मूल्यको चाल (Price Movement)लाई व्यवस्थित रूपमा अध्ययन गरी बजारको वर्तमान अवस्था र सम्भावित भविष्यको दिशा बुझ्न सहयोग गर्दछ । त्यस्तै, डाउ सिद्धान्तले बजार निश्चित ट्रेन्ड अनुसार चल्ने र मूल्यले सबै उपलब्ध जानकारीलाई प्रतिबिम्बित गर्ने अवधारणा प्रस्तुत गर्दछ ।
मार्केट स्ट्रक्चर (Market Structure) भनेको के हो?
मार्केट स्ट्रक्चर भन्नाले मूल्य (Price) को क्रमिक चाल (Sequence of Price Movement)लाई बुझिन्छ । बजारमा मूल्य कहिले पनि सिधा रेखामा माथि वा तल जाँदैन । मूल्य कहिले बढ्ने, कहिले घट्ने र फेरि बढ्ने वा घट्ने प्रक्रियाबाट अघि बढ्छ । यही उतार–चढावलाई अध्ययन गरेर बजारको ट्रेन्ड पहिचान गरिन्छ ।
मार्केट स्ट्रक्चरले मुख्य रूपमा तीनवटा कुरामा सहयोग गर्छः
बजारको वास्तविक दिशा (Trend Direction) पहिचान गर्न ।
ट्रेन्डको शक्ति (Trend Strength) मूल्याङ्कन गर्न ।
गलत समयमा कारोबार (Counter Trend Trading) हुनबाट बचाउन ।
यसकारण प्राविधिक विश्लेषणमा कुनै पनि Indicator प्रयोग गर्नुभन्दा पहिले Market Structure बुझ्नु आवश्यक मानिन्छ ।
डाउ सिद्धान्त (Dow Theory)
डाउ सिद्धान्त (Dow Theory) का प्रवर्तक चाल्र्स डाउ (Charles Dow) हुन् । उहाँलाई आधुनिक प्राविधिक विश्लेषणका संस्थापकहरूमध्ये एक मानिन्छ । डाउ सिद्धान्तले बजारको चाल, ट्रेन्डको विकास र मूल्यको व्यवहारलाई वैज्ञानिक रूपमा व्याख्या गर्छ ।

यस सिद्धान्तका अनुसारः
बजार ट्रेन्डमा चल्छ ।
मूल्यले सबै उपलब्ध जानकारीलाई प्रतिबिम्बित गर्छ ।
ट्रेन्ड स्पष्ट रूपमा परिवर्तन नभएसम्म जारी रहन्छ ।
मूल्यको चाललाई Swing High र Swing Low मार्फत बुझ्न सकिन्छ ।
SMART को प्रस्तुतिमा पनि मुख्य रूपमा Price Principle अर्थात् मूल्यको व्यवहारलाई केन्द्रमा राखेर डाउ सिद्धान्तको प्रयोग सिकाइएको छ।
Swing High र Swing Low
शेयर बजारको मूल्य कहिल्यै सिधा माथि वा तल जाँदैन । बजारले साना–साना उतार–चढाव (Swings) बनाउँदै अघि बढ्छ ।
Swing High भन्नाले मूल्यले कुनै बिन्दुमा पुगेर फेरि तल फर्किने अवस्थालाई जनाउँछ ।
Swing Low भन्नाले मूल्य तल झरेपछि पुनः माथि उक्लिन सुरु गर्ने बिन्दुलाई जनाउँछ ।
यही Swing High र Swing Low को क्रमले बजार Uptrend, Downtrend वा Sideways अवस्थामध्ये कुन अवस्थामा छ भन्ने निर्धारण गर्छ ।

Uptrend Structure
जब बजारले लगातार Higher High (HH) र Higher Low (HL) बनाउँदै जान्छ, त्यसलाई Uptrend भनिन्छ ।
Uptrend का विशेषता
प्रत्येक नयाँ High अघिल्लो High भन्दा माथि हुन्छ ।
प्रत्येक Pullback अघिल्लो Low भन्दा माथि रोकिन्छ ।
Buyers को नियन्त्रण बलियो हुन्छ ।
बजार Bullish अवस्थामा हुन्छ ।
यस अवस्थामा Trend अनुसार Buy गर्ने रणनीति अपनाउनु बढी सुरक्षित मानिन्छ ।

Downtrend Structure
यदि बजारले लगातार Lower High (LH) र Lower Low (LL) बनाउँदै जान्छ भने त्यसलाई Downtrend भनिन्छ ।
Downtrend का विशेषता
प्रत्येक नयाँ Low अघिल्लो भन्दा तल हुन्छ।
Bounce हुँदा पनि नयाँ High बन्नसक्दैन।
Sellers को नियन्त्रण बलियो हुन्छ
बजार Bearish अवस्थामा हुन्छ।
यस अवस्थामा अनावश्यक Buy गर्नु जोखिमपूर्ण हुन सक्छ ।

Sideways Market Structure
कहिलेकाहीँ बजारले न नयाँ Higher High बनाउँछ, न Lower Low, मूल्य निश्चित दायराभित्र मात्र घुमिरहन्छ । यस्तो अवस्थालाई Sideways Market भनिन्छ ।
Sideways Market का विशेषता
स्पष्ट ट्रेन्ड हुँदैन ।
मूल्य Support र Resistance बीचमा चल्छ ।
Breakout वा Breakdown को प्रतीक्षा गर्नु उपयुक्त हुन्छ ।
यस्तो अवस्थामा धैर्यता अत्यन्त आवश्यक हुन्छ।

Trend, Correction र Reversal बीचको अन्तर
प्राविधिक विश्लेषणमा यी तीन शब्दहरू धेरै प्रयोग हुन्छन्, तर तिनको अर्थ फरक–फरक हुन्छ।
१. Trend
Trend भनेको बजारको मुख्य दिशा हो । यदि Higher high र Higher low बनिरहेको छ भने Uptrend र Lower High तथा Lower Low बनिरहेको छ भने Downtrend हुन्छ ।
२. Correction (Pullback)
Correction भनेको मुख्य ट्रेन्डविपरीत केही समयका लागि हुने सानो चाल हो । यसले मुख्य Structure तोड्दैन ।
उदाहरणका लागि Uptrend मा केही समय मूल्य तल आउनु Correction हो, Trend परिवर्तन होइन।
३. Reversal
जब बजारले पुरानो Structure तोडेर नयाँ दिशा समात्छ, त्यसलाई Reversal भनिन्छ।
उदाहरणः
HH/HL बाट LH/LL बन्नु।
LH/LL बाट HH/HL बन्नु।
यही नै वास्तविक Trend Change हो ।

Multi–Timeframe Analysis
एउटै Timeframe हेरेर निर्णय गर्नु उचित हुँदैन । SMART को प्रस्तुतिमा पनि Higher Timeframe ले Direction र Lower Timeframe ले Entry निर्धारण गर्ने कुरा उल्लेख गरिएको छ ।
उदाहरणः

Higher Timeframe = Trend Direction → Mid Timeframe = Confirmation → Lower Timeframe = Entry Timing
Example:
Weekly = Uptrend → Daily = Pullback to Support → 15-Min = Bullish Breakout → Entry.
यदि Weekly Chart Uptrend मा छ भने Daily Chart मा आएको Correction लाई Buy Opportunity को रूपमा हेर्न सकिन्छ ।
Market Structure किन महत्त्वपूर्ण छ?
Market Structure ले लगानीकर्तालाई निम्न फाइदा पु¥याउँछ ।
बजारको दिशा स्पष्ट रूपमा बुझ्न ।
Trend विपरीत कारोबार गर्नबाट बच्न।
Entry तथा Exit राम्रो बनाउन।
Stop Loss उचित स्थानमा राख्न।
Indicator भन्दा पहिले Price Action बुझ्न ।
SMART को प्रस्तुतीकरणले पनि “Structure comes before Indicators“ अर्थात् Indicator भन्दा पहिले Structure बुझ्नुपर्ने कुरामा विशेष जोड दिएको छ ।
निष्कर्ष
Market Structure र Dow Theory प्राविधिक विश्लेषणका आधारभूत तथा अत्यन्त महत्वपूर्ण अवधारणाहरू हुन्। बजारको मूल्यले बनाउने Higher High (HH), Higher Low (HL), Lower High (LH) र Lower Low (LL) को अध्ययन गरेर बजारको वास्तविक दिशा सजिलै पहिचान गर्न सकिन्छ। साथै Trend, Correction र Reversal बीचको अन्तर बुझ्दा गलत समयमा कारोबार गर्ने सम्भावना कम हुन्छ।
यद्यपि Market Structure मात्र पर्याप्त हुँदैन। यसलाई Candlestick Pattern, Volume Analysis, Support & Resistance, Moving Average तथा अन्य Technical Indicators सँग संयोजन गरेर प्रयोग गर्दा निर्णय अझ प्रभावकारी हुन्छ। सफल ट्रेडरले सबैभन्दा पहिले बजारको Structure पढ्छ, त्यसपछि मात्र Entry र Exit को योजना बनाउँछ। यही कारणले Market Structure लाई प्राविधिक विश्लेषणको मेरुदण्ड (Backbone या Technical Analysis) मानिन्छ।
लेखक:
बद्री आचार्य
राजन कंसाकार
Smart Active Member
SMART Stock Market Analysis & Research Team
Smart Growth Venture Pvt. Ltd.


































