National life

मार्केट स्ट्रक्चर र डाउ सिद्धान्त: सफल प्राविधिक विश्लेषणको आधार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१६ दिन अगाडि|१८ भदौ २०८३, बिहिबार
7.4kShares
मार्केट स्ट्रक्चर र डाउ सिद्धान्त: सफल प्राविधिक विश्लेषणको आधार
ncell

परिचय

शेयर बजारमा सफल लगानी तथा ट्रेडिङ गर्नका लागि केवल कम्पनीको वित्तीय अवस्था वा समाचार मात्र पर्याप्त हुँदैन । बजारको मूल्य (Price) कुन दिशामा गइरहेको छ, ट्रेन्ड बलियो छ वा कमजोर, बजारमा खरिदकर्ताको प्रभाव बढी छ कि विक्रेताको भन्ने कुरा बुझ्नु अत्यन्त आवश्यक हुन्छ । यही उद्देश्यका लागि Market Structure र Dow Theory लाई प्राविधिक विश्लेषण (Technical Analysis) को आधार मानिन्छ ।

मार्केट स्ट्रक्चरले मूल्यको चाल (Price Movement)लाई व्यवस्थित रूपमा अध्ययन गरी बजारको वर्तमान अवस्था र सम्भावित भविष्यको दिशा बुझ्न सहयोग गर्दछ । त्यस्तै, डाउ सिद्धान्तले बजार निश्चित ट्रेन्ड अनुसार चल्ने र मूल्यले सबै उपलब्ध जानकारीलाई प्रतिबिम्बित गर्ने अवधारणा प्रस्तुत गर्दछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यी दुई अवधारणाको सही प्रयोगले लगानीकर्तालाई सही समयमा खरिद (Buy), बिक्री (Sell) तथा जोखिम व्यवस्थापन (Risk Management) गर्न सहयोग पु¥याउँछ ।

मार्केट स्ट्रक्चर (Market Structure) भनेको के हो?

मार्केट स्ट्रक्चर भन्नाले मूल्य (Price) को क्रमिक चाल (Sequence of Price Movement)लाई बुझिन्छ । बजारमा मूल्य कहिले पनि सिधा रेखामा माथि वा तल जाँदैन । मूल्य कहिले बढ्ने, कहिले घट्ने र फेरि बढ्ने वा घट्ने प्रक्रियाबाट अघि बढ्छ । यही उतार–चढावलाई अध्ययन गरेर बजारको ट्रेन्ड पहिचान गरिन्छ ।

मार्केट स्ट्रक्चरले मुख्य रूपमा तीनवटा कुरामा सहयोग गर्छः

  • बजारको वास्तविक दिशा (Trend Direction) पहिचान गर्न ।

  • ट्रेन्डको शक्ति (Trend Strength) मूल्याङ्कन गर्न ।

  • गलत समयमा कारोबार (Counter Trend Trading) हुनबाट बचाउन ।

  • यसकारण प्राविधिक विश्लेषणमा कुनै पनि Indicator प्रयोग गर्नुभन्दा पहिले Market Structure बुझ्नु आवश्यक मानिन्छ ।

    डाउ सिद्धान्त (Dow Theory)

    डाउ सिद्धान्त (Dow Theory) का प्रवर्तक चाल्र्स डाउ (Charles Dow) हुन् । उहाँलाई आधुनिक प्राविधिक विश्लेषणका संस्थापकहरूमध्ये एक मानिन्छ । डाउ सिद्धान्तले बजारको चाल, ट्रेन्डको विकास र मूल्यको व्यवहारलाई वैज्ञानिक रूपमा व्याख्या गर्छ ।

    यस सिद्धान्तका अनुसारः

    • बजार ट्रेन्डमा चल्छ ।

  • मूल्यले सबै उपलब्ध जानकारीलाई प्रतिबिम्बित गर्छ ।

  • ट्रेन्ड स्पष्ट रूपमा परिवर्तन नभएसम्म जारी रहन्छ ।

  • मूल्यको चाललाई Swing High र Swing Low मार्फत बुझ्न सकिन्छ ।

  • SMART को प्रस्तुतिमा पनि मुख्य रूपमा Price Principle अर्थात् मूल्यको व्यवहारलाई केन्द्रमा राखेर डाउ सिद्धान्तको प्रयोग सिकाइएको छ।

    Swing HighSwing Low

    शेयर बजारको मूल्य कहिल्यै सिधा माथि वा तल जाँदैन । बजारले साना–साना उतार–चढाव (Swings) बनाउँदै अघि बढ्छ ।

    Swing High भन्नाले मूल्यले कुनै बिन्दुमा पुगेर फेरि तल फर्किने अवस्थालाई जनाउँछ ।

    Swing Low भन्नाले मूल्य तल झरेपछि पुनः माथि उक्लिन सुरु गर्ने बिन्दुलाई जनाउँछ ।

    यही Swing High र Swing Low को क्रमले बजार Uptrend, Downtrend वा Sideways अवस्थामध्ये कुन अवस्थामा छ भन्ने निर्धारण गर्छ ।

    Uptrend Structure

    जब बजारले लगातार Higher High (HH) र Higher Low (HL) बनाउँदै जान्छ, त्यसलाई Uptrend भनिन्छ ।

    Uptrend का विशेषता

    • प्रत्येक नयाँ High अघिल्लो High भन्दा माथि हुन्छ ।

  • प्रत्येक Pullback अघिल्लो Low भन्दा माथि रोकिन्छ ।

  • Buyers को नियन्त्रण बलियो हुन्छ ।

  • बजार Bullish अवस्थामा हुन्छ ।

  • यस अवस्थामा Trend अनुसार Buy गर्ने रणनीति अपनाउनु बढी सुरक्षित मानिन्छ ।

    Downtrend Structure

    यदि बजारले लगातार Lower High (LH) र Lower Low (LL) बनाउँदै जान्छ भने त्यसलाई Downtrend भनिन्छ ।

    Downtrend का विशेषता

    • प्रत्येक नयाँ Low अघिल्लो भन्दा तल हुन्छ।

  • Bounce हुँदा पनि नयाँ High बन्नसक्दैन।

  • Sellers को नियन्त्रण बलियो हुन्छ

  • बजार Bearish अवस्थामा हुन्छ।

  • यस अवस्थामा अनावश्यक Buy गर्नु जोखिमपूर्ण हुन सक्छ ।

    Sideways Market Structure

    कहिलेकाहीँ बजारले न नयाँ Higher High बनाउँछ, न Lower Low, मूल्य निश्चित दायराभित्र मात्र घुमिरहन्छ । यस्तो अवस्थालाई Sideways Market भनिन्छ ।

    Sideways Market का विशेषता

    • स्पष्ट ट्रेन्ड हुँदैन ।

  • मूल्य Support र Resistance बीचमा चल्छ ।

  • Breakout वा Breakdown को प्रतीक्षा गर्नु उपयुक्त हुन्छ ।

  • यस्तो अवस्थामा धैर्यता अत्यन्त आवश्यक हुन्छ।

    Trend, Correction र Reversal बीचको अन्तर

    प्राविधिक विश्लेषणमा यी तीन शब्दहरू धेरै प्रयोग हुन्छन्, तर तिनको अर्थ फरक–फरक हुन्छ।

    १. Trend

    Trend भनेको बजारको मुख्य दिशा हो । यदि Higher high र Higher low बनिरहेको छ भने Uptrend र Lower High तथा Lower Low बनिरहेको छ भने Downtrend हुन्छ ।

    २. Correction (Pullback)

    Correction भनेको मुख्य ट्रेन्डविपरीत केही समयका लागि हुने सानो चाल हो । यसले मुख्य Structure तोड्दैन ।

    उदाहरणका लागि Uptrend मा केही समय मूल्य तल आउनु Correction हो, Trend परिवर्तन होइन।

    ३. Reversal

    जब बजारले पुरानो Structure तोडेर नयाँ दिशा समात्छ, त्यसलाई Reversal भनिन्छ।

    उदाहरणः

    HH/HL बाट LH/LL बन्नु।

    LH/LL बाट HH/HL बन्नु।

    यही नै वास्तविक Trend Change हो ।

    Multi–Timeframe Analysis

    एउटै Timeframe हेरेर निर्णय गर्नु उचित हुँदैन । SMART को प्रस्तुतिमा पनि Higher Timeframe ले Direction र Lower Timeframe ले Entry निर्धारण गर्ने कुरा उल्लेख गरिएको छ ।

    उदाहरणः

    Higher Timeframe = Trend DirectionMid Timeframe = ConfirmationLower Timeframe = Entry Timing

    Example:

    Weekly = Uptrend → Daily = Pullback to Support → 15-Min = Bullish Breakout → Entry.

    यदि Weekly Chart Uptrend मा छ भने Daily Chart मा आएको Correction लाई Buy Opportunity को रूपमा हेर्न सकिन्छ ।

    Market Structure किन महत्त्वपूर्ण छ?

    Market Structure ले लगानीकर्तालाई निम्न फाइदा पु¥याउँछ ।

    • बजारको दिशा स्पष्ट रूपमा बुझ्न ।

  • Trend विपरीत कारोबार गर्नबाट बच्न।

  • Entry तथा Exit राम्रो बनाउन।

  • Stop Loss उचित स्थानमा राख्न।

  • Indicator भन्दा पहिले Price Action बुझ्न ।

  • SMART को प्रस्तुतीकरणले पनि “Structure comes before Indicators“ अर्थात् Indicator भन्दा पहिले Structure बुझ्नुपर्ने कुरामा विशेष जोड दिएको छ ।

    निष्कर्ष

    Market Structure र Dow Theory प्राविधिक विश्लेषणका आधारभूत तथा अत्यन्त महत्वपूर्ण अवधारणाहरू हुन्। बजारको मूल्यले बनाउने Higher High (HH), Higher Low (HL), Lower High (LH) र Lower Low (LL) को अध्ययन गरेर बजारको वास्तविक दिशा सजिलै पहिचान गर्न सकिन्छ। साथै Trend, Correction र Reversal बीचको अन्तर बुझ्दा गलत समयमा कारोबार गर्ने सम्भावना कम हुन्छ।

    यद्यपि Market Structure मात्र पर्याप्त हुँदैन। यसलाई Candlestick Pattern, Volume Analysis, Support & Resistance, Moving Average तथा अन्य Technical Indicators सँग संयोजन गरेर प्रयोग गर्दा निर्णय अझ प्रभावकारी हुन्छ। सफल ट्रेडरले सबैभन्दा पहिले बजारको Structure पढ्छ, त्यसपछि मात्र Entry र Exit को योजना बनाउँछ। यही कारणले Market Structure लाई प्राविधिक विश्लेषणको मेरुदण्ड (Backbone या Technical Analysis) मानिन्छ।

    लेखक:

    बद्री आचार्य

    राजन कंसाकार

    Smart Active Member

    SMART Stock Market Analysis & Research Team

    Smart Growth Venture Pvt. Ltd.

    यो समाचार शेयर गर्नुहोस्
    7.4kSHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?