National life

चार्ट अध्ययन (Reading Charts) तथा क्यान्डलस्टिक (Candlestick) को परिचय

आधुनिक समयका अधिकांश व्यावसायिक ट्रेडर तथा लगानीकर्ताले चार्टको प्रयोग गरेर नै आफ्नो लगानी निर्णय लिने गरेका छन्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२४ साउन २०८३, आइतबार
8.7kShares
चार्ट अध्ययन (Reading Charts) तथा क्यान्डलस्टिक (Candlestick) को परिचय
ncell

परिचय

शेयर बजारमा सफल लगानी वा ट्रेडिङ गर्नका लागि बजारको चाल बुझ्नु अत्यन्त आवश्यक हुन्छ । बजारमा प्रत्येक दिन हजारौं खरिद–बिक्री हुने भएकाले मूल्य निरन्तर परिवर्तन भइरहन्छ । यही मूल्य परिवर्तनलाई व्यवस्थित रूपमा चित्रात्मक (Graphical) रूपमा प्रस्तुत गर्ने माध्यमलाई चार्ट (Chart) भनिन्छ ।

प्राविधिक विश्लेषण (Technical Analysis) मा चार्टलाई बजारको भाषा (Language या the Market) मानिन्छ । चार्टको माध्यमबाट मूल्यको दिशा, ट्रेन्ड, समर्थन (Support), प्रतिरोध (Resistance), खरिदकर्ता र विक्रेताको मनोविज्ञान तथा भविष्यमा हुन सक्ने सम्भावित मूल्य परिवर्तनको अध्ययन गर्न सकिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आधुनिक समयका अधिकांश व्यावसायिक ट्रेडर तथा लगानीकर्ताले चार्टको प्रयोग गरेर नै आफ्नो लगानी निर्णय लिने गरेका छन् ।

चार्ट (Chart) भनेको के हो ?

चार्ट भनेको कुनै निश्चित समय अवधिमा शेयरको मूल्य कसरी परिवर्तन भयो भन्ने कुरालाई दृश्यात्मक रूपमा देखाउने माध्यम हो। चार्टले मूल्यलाई बुझ्न सजिलो बनाउनुका साथै बजारको ट्रेन्ड, गति तथा सम्भावित अवसर पहिचान गर्न मद्दत गर्छ ।

प्राविधिक विश्लेषणमा मुख्य रूपमा तीन प्रकारका चार्ट प्रयोग गरिन्छ ।

Line Chart सबैभन्दा सरल प्रकारको चार्ट हो । यसमा प्रत्येक दिनको Closing Price लाई रेखाद्वारा जोडिन्छ । यसले बजारको समग्र दिशा बुझ्न सहयोग गर्छ, तर दिनभरिको मूल्य परिवर्तन देखाउँदैन ।

२. Bar Chart

Bar Chart ले प्रत्येक दिनको Open, High, Low र Close (OHLC) देखाउँछ । Line Chart भन्दा धेरै जानकारी दिने भए पनि नयाँ लगानीकर्तालाई बुझ्न केही कठिन हुन सक्छ ।

३. Candlestick Chart

Candlestick Chart अहिले विश्वभर सबैभन्दा धेरै प्रयोग हुने चार्ट हो । यसले मूल्य परिवर्तनलाई रंग, आकार तथा संरचनामार्फत स्पष्ट रूपमा देखाउँछ । यही कारणले अधिकांश प्राविधिक विश्लेषक तथा ट्रेडरले Candlestick Chart लाई प्राथमिकता दिन्छन् ।

किन Candlestick Chart सबैभन्दा लोकप्रिय छ?

Candlestick Chart लोकप्रिय हुनुका पछाडि धेरै कारण छन् ।

सबैभन्दा पहिलो, यसले बजारमा खरिदकर्ता (Buyers) र विक्रेता (Sellers) बीचको मनोवैज्ञानिक अवस्था बुझ्न मद्दत गर्छ । दोस्रो, मूल्यको चाल स्पष्ट रूपमा देखिने भएकाले ट्रेन्ड तथा सम्भावित परिवर्तन सजिलै पहिचान गर्न सकिन्छ । तेस्रो, यसबाट Double Top, Double Bottom, Hammer, Doji, Engulfing लगायतका एबततभचल पहिचान गर्न सहज हुन्छ । त्यसैले विश्वका शेयर, कमोडिटी, फरेक्स, क्रिप्टो तथा फ्युचर्स बजारमा Candlestick Chart सबैभन्दा बढी प्रयोग गरिन्छ ।

Candlestick Chart को विकास जापानमा करिब सन् १७५० तिर भएको मानिन्छ । जापानी चामल व्यापारी Munehisa Homma ले चामल बजारको मूल्य तथा व्यापारीहरूको मनोविज्ञान अध्ययन गर्न यो विधि प्रयोग गरेका थिए ।

पछि अमेरिकी विश्लेषक Steve Nison ले यसलाई विश्वव्यापी रूपमा परिचित गराए । त्यसयता Candlestick Chart आधुनिक प्राविधिक विश्लेषणको अभिन्न भाग बनेको छ ।

Candlestick को संरचना (Structure या Candlestick)

प्रत्येक Candlestick ले कुनै निश्चित समयावधिको मूल्य सम्बन्धी चारवटा महत्वपूर्ण जानकारी दिन्छ, जसलाई OHLC भनिन्छ ।

  • Open (O) – कारोबार सुरु भएको मूल्य ।

  • High (H) – त्यो अवधिमा पुगेको सबैभन्दा उच्च मूल्य ।

  • Low (L) – त्यो अवधिमा पुगेको सबैभन्दा न्यून मूल्य ।

  • Close (C) – कारोबार समाप्त हुँदा रहेको अन्तिम मूल्य ।

  • यदि Closing Price, Opening Price भन्दा माथि छ भने Bullish Candlestick बन्छ । यदि Closing Price, Opening Price भन्दा तल छ भने Bearish Candlestick बन्छ ।

    Candlestick का भागहरू

    १. Body

    Body ले Open र Close बीचको दूरी देखाउँछ । ठूलो Body ले बलियो Momentum जनाउँछ भने सानो Body ले बजारमा अनिर्णय (Indecision) भएको संकेत दिन्छ ।

    २. Upper Shadow (Upper Wick)

    Body माथिको भागलाई Upper Shadow भनिन्छ । यसले कारोबारको क्रममा मूल्य कति माथिसम्म पुगेको थियो भन्ने देखाउँछ ।

    ३. Lower Shadow (Lower Wick)

    Body तलको भागलाई Lower Shadow भनिन्छ । यसले कारोबारको क्रममा मूल्य कति तलसम्म झरेको थियो भन्ने जानकारी दिन्छ ।

    BullishBearish Candlestick

    Bullish Candlestick

    Bullish Candlestick ले खरिदकर्ताको शक्ति बढी रहेको संकेत गर्छ । यस अवस्थामा Closing Price, Opening Price भन्दा माथि हुन्छ ।

    यसले मूल्य अझ बढ्न सक्ने सम्भावना देखाउन सक्छ ।

    Bearish Candlestick

    Bearish Candlestick ले विक्रेताको प्रभाव बढी रहेको जनाउँछ । यस अवस्थामा Closing Price, Opening Price भन्दा तल हुन्छ ।

    यसले बजार कमजोर हुन सक्ने संकेत दिन्छ ।

    Candlestick का प्रकार

    बजारमा Candlestick का धेरै प्रकार हुन्छन् । सामान्य रूपमा तिनलाई पाँच समूहमा बुझ्न सकिन्छ ।

    • Strong Bullish Candle

  • Weak Bullish Candle

  • Neutral Candle

  • Weak Bearish Candle

  • Strong Bearish Candle

  • बलियो Bullish Candle ले खरीदको दबाब उच्च रहेको देखाउँछ भने बलियो Bearish Candle ले बिक्रीको दबाब बढी रहेको संकेत गर्छ । Neutral Candle ले बजारमा अनिश्चितता रहेको जनाउँछ ।

    Candlestick Chart को व्यावहारिक उपयोग

    Candlestick Chart को अध्ययन गरेर लगानीकर्ताले बजारको ट्रेन्ड पहिचान गर्न, सम्भावित Reversal बुझ्न, उपयुक्त Entry तथा Exit Point निर्धारण गर्न र जोखिम व्यवस्थापन गर्न सक्छन् । यद्यपि एउटा मात्र Candlestick हेरेर निर्णय गर्नु उपयुक्त हुँदैन । यसलाई Volume, Support–Resistance तथा अन्य Technical Indicators सँग संयोजन गरेर प्रयोग गर्दा बढी प्रभावकारी हुन्छ।

    निष्कर्ष

    Candlestick Chart आधुनिक प्राविधिक विश्लेषणको सबैभन्दा प्रभावकारी उपकरणमध्ये एक हो । यसले मूल्यको चाललाई मात्र होइन, बजारमा सक्रिय खरिदकर्ता र विक्रेताको मनोविज्ञानलाई पनि स्पष्ट रूपमा प्रस्तुत गर्छ । Line Chart वा Bar Chart भन्दा धेरै जानकारी दिने भएकाले आज विश्वभरका अधिकांश ट्रेडरले Candlestick Chart प्रयोग गर्छन् ।

    सफल लगानीकर्ताले Candlestick लाई केवल रंग वा आकारको रूपमा हेर्दैनन्, बरु त्यसले व्यक्त गर्ने बजारको सन्देशलाई बुझेर निर्णय लिन्छन् । त्यसैले Candlestick को आधारभूत संरचना, प्रकार र यसको सही प्रयोगबारे राम्रो ज्ञान हुनु प्रत्येक लगानीकर्ता तथा ट्रेडरका लागि अत्यन्त आवश्यक छ।

    लेखक:

    बद्री आचार्य

    राजन कंसाकार

    Smart Active Member

    SMART Stock Market Analysis & Research Team

    Smart Growth Venture Pvt. Ltd.

    यो समाचार शेयर गर्नुहोस्
    8.7kSHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?