National life

शेयर बजारमा सफलता: चार्टिङ टुल्सको प्रयोग कसरी गर्ने?

चार्टिङ टुल्स (Charting Tools): सफल प्राविधिक विश्लेषणको आधार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१२ साउन २०८३, मङ्गलबार
9.7kShares
शेयर बजारमा सफलता: चार्टिङ टुल्सको प्रयोग कसरी गर्ने?
ncell

परिचय

शेयर बजारमा सफल लगानी वा ट्रेडिङ गर्नका लागि केवल कम्पनीको नाम वा शेयरको मूल्य हेर्नु पर्याप्त हुँदैन । बजारको वास्तविक अवस्था बुझ्न मूल्यको चाल (Price Movement), कारोबारको मात्रा (Volume), ट्रेन्ड (Trend) तथा विभिन्न प्राविधिक सूचकहरूको अध्ययन आवश्यक हुन्छ । यही उद्देश्यका लागि प्रयोग गरिने सबैभन्दा महत्वपूर्ण साधनलाई चार्टिङ टुल्स (Charting Tools) भनिन्छ।

चार्टिङ टुल्सले लगानीकर्ता तथा ट्रेडरलाई बजारको विगतको गतिविधि अध्ययन गर्न, वर्तमान अवस्था बुझ्न तथा भविष्यमा सम्भावित मूल्य चालको अनुमान गर्न सहयोग गर्दछ । आज TradingView, Chartink, NepseAlpha लगायतका प्लेटफर्महरूमा विभिन्न प्रकारका चार्टिङ टुल्स उपलब्ध छन्, जसले बजार विश्लेषणलाई अझ प्रभावकारी बनाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चार्टिङ टुल्स भन्नाले शेयर बजारको चार्टमा प्रयोग गरिने विभिन्न रेखा (Lines), आकृति (Shapes), सूचक (Indicators) तथा विश्लेषणात्मक उपकरणहरूको समूहलाई बुझिन्छ । यी उपकरणहरूले मूल्यको दिशा, समर्थन (Support), प्रतिरोध (Resistance), ट्रेन्ड तथा सम्भावित प्रवेश (Entry) र बाहिरिने (Exit) बिन्दु पहिचान गर्न मद्दत गर्छन्।

चार्टिङ टुल्सको सही प्रयोगले भावनात्मक निर्णयलाई कम गरी तथ्यमा आधारित निर्णय लिन सहयोग पु¥याउँछ ।

Symbol Search को महत्व

कुनै पनि विश्लेषण सुरु गर्नु अघि सही Symbol छनोट गर्नु आवश्यक हुन्छ । Symbol Search मार्फत बजारका विभिन्न सूचकाङ्क (Indices), क्षेत्रगत सूचकाङ्क (Sector Indices) तथा व्यक्तिगत कम्पनीका शेयरहरू सजिलै खोज्न सकिन्छ ।

उदाहरणका लागिः

  • NEPSE Index – समग्र बजारको अवस्था बुझ्न ।

  • Banking Index – बैंकिङ क्षेत्रको प्रदर्शन विश्लेषण गर्न ।

  • Hydropower Index – जलविद्युत्क्षेत्रको अवस्था अध्ययन गर्न ।

  • व्यक्तिगत कम्पनी – जस्तै NABIL, NICA, SHIVM, HIDCL आदि ।

  • सही Symbol छनोट गर्नु नै सफल विश्लेषणको पहिलो चरण हो।

  • Time Frame को महत्व

    चार्ट हेर्दा कुन समयावधि (Time Frame) प्रयोग गर्ने भन्ने कुरा अत्यन्त महत्वपूर्ण हुन्छ । फरक–फरक उद्देश्यका लागि फरक Time Frame प्रयोग गरिन्छ ।

    चार्टमा प्रयोग हुने मुख्य Drawing Tools

    चार्टमा विभिन्न प्रकारका रेखा तथा आकृतिहरू कोरेर बजारको अवस्था विश्लेषण गरिन्छ ।

    १. Trend Line

    Trend Line ले मूल्यको मुख्य दिशा देखाउँछ ।

    “ट्रेन्डलाइन (Trendline) चार्टमा रहेका मुख्य उच्च विन्दुहरू (Pivot Highs) वा मुख्य होचा विन्दुहरू (Pivot Lows) लाई जोडेर मूल्यको दिशा (उकालो/Uptrend, ओरालो/Downtrend, वा तेर्सो/Sideways) देखाउन खिचिन्छ।“

    २. Horizontal Line

    Horizontal Line प्रयोग गरेर महत्वपूर्ण Support तथा Resistance क्षेत्र पहिचान गरिन्छ ।

    Horizontal support and resistance lines technical analysis chart

    “समान उच्च विन्दुहरू (Equal Highs) वा समान होचा विन्दुहरू (Equal Lows) लाई जोडेर होरिजन्टल लाइन (Horizontal Line) खिचिन्छ, जसले बजारमा क्रेता (Buyers) वा विक्रेता (Sellers)हरू लगातार प्रवेश गर्ने मुख्य मूल्य स्तरहरूलाई देखाउँछ र सपोर्ट (मूल्यको जग) तथा रेसिस्टन्स (मूल्यको छाना) निर्धारण गर्दछ।“

    ३. Parallel Channel

    मूल्य निश्चित च्यानलभित्र चलिरहेको छ भने Parallel Channel प्रयोग गरिन्छ ।

    “प्यारालेल च्यानल (Parallel Channel) मा एक–अर्कासँग समानान्तर (Parallel) हुने गरी दुईवटा ट्रेन्डलाइनहरू खिचिएका हुन्छन् । यसको माथिल्लो लाइनले डाइन्यामिक रेसिस्टन्स (Dynamic Resistance) र तल्लो लाइनले डाइन्यामिक सपोर्ट (Dynamic Support) को काम गर्छ, जसले मूल्यको उतारचढावलाई एउटा निश्चित दायरा÷करिडोर (उकालो, ओरालो वा तेर्सो) भित्र सीमित राख्छ।“

    ४. Shapes तथा Text

    Rectangle, Arrow, Circle तथा Text प्रयोग गरेर महत्वपूर्ण क्षेत्र, Breakout, Gap वा Pattern लाई चिन्ह लगाउन सकिन्छ । यसले भविष्यमा चार्ट पुनः हेर्दा विश्लेषण बुझ्न सजिलो बनाउँछ ।

    Indicators को महत्व

    Indicator भनेको मूल्य वा कारोबारको मात्रामा आधारित गणितीय गणना हो, जसले बजारको ट्रेन्ड, Momentum तथा सम्भावित परिवर्तनको संकेत दिन्छ ।

    प्रमुख Indicator हरूः

    • Moving Average - MA

  • Volume

  • Bollinger Bands

  • Super Trend

  • Relative Strength Index –RSI

  • MACD

  • Stochastic

  • Accumulation/Distribution

  • Indicator लाई एक्लै प्रयोग गर्नु उचित हुँदैन । Price Action र Trend सँग मिलाएर प्रयोग गर्दा यसको प्रभावकारिता बढ्छ ।

    Adjusted र Unadjusted Chart

    शेयर बजारमा कम्पनीले Bonus Share, Stock Split वा Dividend वितरण गरेपछि मूल्यमा परिवर्तन आउँछ । यसलाई कसरी देखाउने भन्ने आधारमा चार्ट दुई प्रकारका हुन्छन्।

    Adjusted Chart

    • Bonus तथा Split अनुसार पुरानो मूल्य समायोजन गरिन्छ ।

  • दीर्घकालीन विश्लेषणका लागि उपयुक्त हुन्छ ।

  • Unadjusted Chart

    • वास्तविक कारोबार भएको मूल्य देखाइन्छ ।

  • Gap स्पष्ट देखिन्छ ।

  • छोटो अवधिको विश्लेषणमा उपयोगी हुन्छ ।

  • Linear र Logarithmic Scale

    चार्ट हेर्दा Scale को पनि महत्वपूर्ण भूमिका हुन्छ ।

    Linear Scale

    यसमा मूल्य समान अन्तरमा देखाइन्छ।

    उदाहरणः

    १०० → २००

    २०० → ३००

    दुवै दूरी बराबर देखिन्छ ।

    Logarithmic Scale

    यसमा प्रतिशत परिवर्तनलाई आधार मानिन्छ । धेरै वर्षको चार्ट विश्लेषण गर्दा Logarithmic Scale बढी उपयोगी मानिन्छ ।

    चार्ट Save गर्ने महत्व

    विश्लेषण गरेपछि चार्ट Save गर्नु राम्रो अभ्यास हो। यसले भविष्यमा पुनः त्यही विश्लेषण हेर्न तथा तुलना गर्न सजिलो बनाउँछ । अधिकांश आधुनिक चार्टिङ प्लेटफर्महरूले Chart Save, Reload तथा Download गर्ने सुविधा उपलब्ध गराउँछन्।

    चार्टिङ टुल्स प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू

    • एउटै चार्टमा धेरै Indicator प्रयोग नगर्ने ।

  • Trend Line सही Swing High र Swing Low मा मात्र कोर्ने ।

  • Multi Time Frame Analysis अपनाउने ।

  • Risk Management बिना कुनै त्चबमभ नगर्ने ।

  • Chart लाई नियमित रूपमा अद्यावधिक गर्ने ।

  • भावना भन्दा तथ्यमा आधारित निर्णय गर्ने ।

  • निष्कर्ष

    चार्टिङ टुल्स प्राविधिक विश्लेषणको आधारभूत तथा अत्यन्त महत्वपूर्ण भाग हुन् । सही Symbol छनोट, उपयुक्त Time Frame, Trend Line, Support तथा Resistance, Indicator र Scale को उचित प्रयोगले लगानीकर्तालाई बजारको वास्तविक अवस्था बुझ्न तथा सही समयमा निर्णय लिन मद्दत गर्छ ।

    यद्यपि चार्टिङ टुल्स कुनै जादुई उपाय होइनन्। सफल परिणाम प्राप्त गर्न Price Action, Volume Analysis, Risk Management तथा बजारको मनोविज्ञानसँग संयोजन गरी प्रयोग गर्नु आवश्यक हुन्छ । नियमित अभ्यास, अनुशासन र अनुभवसँगै चार्टिङ टुल्सले लगानीकर्तालाई अझ आत्मविश्वासका साथ निर्णय लिन सक्षम बनाउँछ ।

    लेखकः बद्री आचार्य, राजन कंसाकार

    यो समाचार शेयर गर्नुहोस्
    9.7kSHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?