National life
cg eloctronics

सेयर बजारमा देखियो चमक, लगानीकर्तामा उत्साह

सेयर बजारमा फर्कियो रौनक, नेप्से साउन १२ यताकै उच्च बिन्दुमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२९ दिन अगाडि|१२ कात्तिक २०८३, बिहिबार
3.8kShares
सेयर बजारमा देखियो चमक, लगानीकर्तामा उत्साह
muktinatha bikash bank

काठमाडौं । साताको कारोबारको बिहीबार सेयर बजार परिसूचक नेप्से ३१.५४ अंकले बढेर २ हजार ६९५ अंकमा पुगेको छ। यो नेप्सेको साउन १२ गतेयताकै उच्च बिन्दु हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

बजारमा परिसूचकसँगै कारोबार रकमसमेत बढेको छ। बुधबार ७ अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ८ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। यो कारोबार रकम वैशाख ३ गतेयताकै उच्च हो। उक्त दिन ९ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको थियो।

everest bank

बिहीबार कारोबारमा आएका कम्पनीमध्ये १८१ वटाको सेयर मूल्य बढेको छ भने ९१ वटाको घटेको छ। त्यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज सबै समूहगत सूचक सकारात्मक देखिएका छन्। बैंकिङ समूह २.२८ प्रतिशत, विकास बैंक १.५५ प्रतिशत, फाइनान्स १.६९ प्रतिशत, होटल तथा पर्यटन २.०५ प्रतिशत र जलविद्युत् समूह ०.३६ प्रतिशतले बढेका छन्।

त्यसैगरी, लगानी समूह ०.२४ प्रतिशत, जीवन बीमा ०.६८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५१ प्रतिशत, लघुवित्त ०.५४ प्रतिशत, निर्जीवन बीमा ०.१३ प्रतिशत, अन्य समूह २.४५ प्रतिशत र व्यापार समूह ०.०३ प्रतिशतले बढेका छन्।

आज बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। सोपान फर्मास्युटिकल्सको ८.७२ प्रतिशत, नेपाल पुनर्बीमाको ५.६१ प्रतिशत, नेपाल फाइनान्सको ५.४९ प्रतिशत, एनआईसी एसिया बैंकको ४.६९ प्रतिशत र कालिन्चोक हाइड्रोपावरको ४.४१ प्रतिशतले सेयर मूल्य बढेको छ।

यता, एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर मूल्य ३.६५ प्रतिशत, चिरख्वा हाइड्रोपावरको ३.१४ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको २.७२ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, ग्रिन भेन्चर्स र सोलु हाइड्रोपावर अगाडि रहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
3.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?