National life
cg eloctronics

लगानीकर्ता निराश, छठपछि खुलेको बजारमा दोहोरो अंकको गिरावट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१० दिन अगाडि|०१ मंसिर २०८३, मङ्गलबार
5.5kShares
लगानीकर्ता निराश, छठपछि खुलेको बजारमा दोहोरो अंकको गिरावट
muktinatha bikash bank

काठमाडौं । छठ पर्वपछि खुलेको सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.७९ अंकले घटेर २ हजार ६३६ विन्दुमा झरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

आज कारोबार भएका कम्पनीमध्ये ८६ वटाको सेयर मूल्य बढेको छ भने १८५ वटाको घटेको छ। त्यस्तै, ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

कारोबार अवधिभर अधिकांश समय बजार रातो अंकमा रहेको थियो। यद्यपि, अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम भने बढेको छ। सोमबार ३ अर्ब ५ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।

everest bank

आज अधिकांश समूहगत सूचक नकारात्मक देखिएका छन्। बैंकिङ समूह ०.४७ प्रतिशत, विकास बैंक ०.८४ प्रतिशत, फाइनान्स ०.५५ प्रतिशत, होटल तथा पर्यटन १.२१ प्रतिशत र जलविद्युत् समूह ०.३१ प्रतिशतले घटेका छन्।

त्यस्तै, लगानी समूह ०.२७ प्रतिशत, जीवन बीमा ०.८४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.११ प्रतिशत, माइक्रोफाइनान्स ०.६० प्रतिशत, निर्जीवन बीमा ०.६९ प्रतिशत, अन्य समूह ०.५८ प्रतिशत र व्यापार समूह ०.०२ प्रतिशतले घटेका छन्।

कुन कम्पनीको मूल्य बढ्यो, कुनको घट्यो ?

आज अपर लोहोरेखोला हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ११.८४ प्रतिशतले बढेको छ। सेन्ट्रल फाइनान्सको ६ प्रतिशत, अपोलो हाइड्रोपावरको ५.६५ प्रतिशत, माउन्ट एभरेस्ट पावरको ५.५० प्रतिशत र सानीगढ हाइड्रोको ३.८० प्रतिशतले मूल्य बढेको छ।

यसैगरी, एभरेस्ट कलरको सेयर मूल्य ५.३६ प्रतिशतले घटेको छ। सीवाईसी लघुवित्तको ४.८६ प्रतिशत, विजय लघुवित्तको ४.४९ प्रतिशत, बेनी हाइड्रोपावरको ४.१२ प्रतिशत र स्वस्तिक लघुवित्तको ३.६६ प्रतिशतले मूल्य घटेको छ।

यो समाचार शेयर गर्नुहोस्
5.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?