National life

एनआरएनलाई सेयर बजारमा लगानीको बाटो खुल्यो, यस्तो छ सरकारी व्यवस्था

विदेशमा रहेका नेपालीले अब सेयर बजारमा लगानी गर्न पाउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२० असोज २०८३, मङ्गलबार
348Shares
एनआरएनलाई सेयर बजारमा लगानीको बाटो खुल्यो, यस्तो छ सरकारी व्यवस्था
ncell

काठमाडौं । विदेशमा रहेका नेपालीको पूँजीलाई नेपालको पुँजी बजारमा भित्र्याउने उद्देश्यसहित सरकारले गैरआवासीय नेपाली (एनआरएन) लाई लक्षित गरी प्राथमिक सेयर निष्काशनको नयाँ बाटो खुला गरेको छ।

सरकारले ‘धितोपत्र दर्ता तथा निष्काशन (आठौं संशोधन) नियमावली, २०८३’ जारी गर्दै एनआरएन तथा गैरआवासीय नेपाली संघसँग सम्बन्धित लगानीकर्तालाई लक्षित गरेर कम्पनीहरूले सेयर निष्काशन गर्न सक्ने व्यवस्था गरेको हो।

संशोधित नियमावलीअनुसार एनआरएन लक्षित सेयर निष्काशन गर्ने कम्पनीले आफ्नो जारी पूँजीको न्यूनतम १० प्रतिशतदेखि अधिकतम ८५ प्रतिशतसम्म सेयर निष्काशन गर्न सक्नेछन्।

यस व्यवस्थाले एनआरएनबाट पूँजी जुटाउन चाहने कम्पनी तथा परियोजनाका लागि प्राथमिक बजारमा छुट्टै अवसर सिर्जना गरेको छ।

Royal Enfield
nic asia capital

तर, यस्तो सेयर निष्काशन गर्दा कम्पनीले प्रिमियम थप गर्न पाउने छैनन्। अर्थात् अंकित मूल्यभन्दा बढी रकम लिएर एनआरएन लक्षित सेयर निष्काशन गर्न पाइने छैन।

संशोधित नियमावलीमा यस्ता सेयरको दोस्रो बजार कारोबारका लागि समेत छुट्टै व्यवस्था गरिएको छ। धितोपत्र बजारले तोकेको प्रणालीअनुसार कारोबार हुने यस्तो सेयरको न्यूनतम कारोबार इकाई १ हजार कित्ता रहनेछ।

सरकारले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गर्दै नियमावली संशोधन गरेको हो। नयाँ व्यवस्था नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तोकेको मितिदेखि लागू हुनेछ।

नयाँ व्यवस्थाले एनआरएनका लागि नेपालमा लगानीको दायरा विस्तार गर्नुका साथै विदेशमा रहेको नेपाली पूँजीलाई घरेलु पुँजी बजारमार्फत परिचालन गर्ने सम्भावना बढाएको छ।

विशेषगरी एनआरएन लक्षित कम्पनी तथा परियोजनाले प्राथमिक बजारबाट पूँजी जुटाउन सक्ने भएपछि नेपाली सेयर बजारमा नयाँ प्रकारका लगानीकर्ता र थप पूँजी प्रवेश गर्ने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
348SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?