National life

एप्पलको आरसिएस मेसेजिंगको घोषणा, इन्टरनेट विना नै फोटो, भिडियो पठाउन सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ असार २०८१, सोमबार
675Shares
एप्पलको आरसिएस मेसेजिंगको घोषणा, इन्टरनेट विना नै फोटो, भिडियो पठाउन सकिने
ncell

काठमाडौँ। आजको दुनियाँ प्रविधिमा आधारित छ , आज नयाँ सबैभन्दा नयाँ बनेर आएको कुनै कुरा कति बेला पुरानो बनिसक्छ थाहै नहुने बनिसकेको छ ।

यसै सन्दर्भमा एप्पलले रिच कम्युनिकेसन सर्भिस अर्थात् आरसिएस मेसेजिंगको घोषणा गरेको छ। यसलाई मेसेजिंगको नयाँ युगको समेत उपमा दिइएको छ । यस आरसिएस मेसेजिंगमा इन्टरनेट विना नै फोटो, भिडियो तथा मेसेज पठाउन सकिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
एप्पलको यो नयाँ सर्भिसले गुगल तथा ह्वाट्सएपलाई ठुलो झट्का लाग्ने आकलन गरिएको छ ।

यसमा एप्पलको आइमेसेजबाट एन्ड्रोइडमा आधारित गुगलको इनबक्समा मेसेज गर्न सकिनेछ। एप्पलले आफ्नो वल्र्डवाइड डेभलपर्स कन्फ्रेन्सका क्रममा यसको घोषणा गरेको छ।आइमेसेजमा आरसिएस सपोर्ट उपलब्ध हुने एप्पलको भनाई छ । आइओएस १८ अपडेटमा यो वर्षको अन्त्यसम्ममा उक्त फिचर सुरु गरिने एप्पलले जनाएको छ।

एजेन्सीका अनुसार योसँगै यसबाट लामो मेसेजहरु, उच्च गुणस्तरीय तस्वीर तथा भिडियोहरु पठाउन सकिनेछ। एन्ड्रोइड प्रयोगकर्ताले पनि मोबाइलबाट आइफोनमा ह्वाट्सएप जस्ता मेसेज पठाउन सक्नेछन्।

साथै मेसेजलाई फोन नेटवर्कमै पठाउन सकिनेछ । अर्थात् फोनमा इन्टरनेट विना नै ह्वाट्सएपमा जस्तो मेसेज पठाउन सकिने दाबी गरिएको छ । एजेन्सीको सहयोगमा 

 

 

यो समाचार शेयर गर्नुहोस्
675SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?