National life

राहदानी विभागको कम्प्युटरमा भाइरस देखापर्‍यो, २ सातासम्म पासपोर्ट नबन्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ मंसिर २०८१, आइतबार
610Shares
राहदानी विभागको कम्प्युटरमा भाइरस देखापर्‍यो, २ सातासम्म पासपोर्ट नबन्ने
ncell

काठमाडौँ । राहदानी विभागको केही कम्प्युटरमा भाइरस देखा परेपछि सबै सेवा ठप्प भएको छ ।

विभागले आज (आइतबार) एक सूचना जारी गर्दै आफ्नो आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरमा भाइरस प्रवेश गरेको प्रारम्भिक निष्कर्ष निकालिएको जानकारी दिएको छ ।

साथै,भाइरसको फैलावट रोक्न पर्याप्त सतर्कता अपनाउनु पर्ने भएकाले जिल्लारइलाका प्रशासन कार्यालय तथा विदेशस्थित नियोगहरूको राहदानी सेवा बन्द गर्नु परेको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

उक्त स्थानहरूमा क्रमशः काम सुरु हुने गरी व्यवस्था मिलाइएको विभागको भनाइ छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो समस्या पूर्ण रूपमा समाधान गर्न एक देखि २ सातासम्म लाग्ने पनि विभागले बताएको छ।

यता, सेवाग्राहीले भने विभागले सेवा दिन नसकेको र आफूहरू समस्यामा रहेको भन्दै आक्रोशित बनेका छन्। आइतबार मात्रै त्रिपुरेश्वस्थित विभागमा सेवाग्राहीहरूको काम नभएर आन्दोलित बनेका छन् । विभागले आंशिक सेवा सुरु गरेको र पूर्ण रूपमा कार्य प्रारम्भ हुन १ देखि २ सातासम्म लाग्ने सूचना मार्फत जानकारी दिएको छ ।

यसअघि नै फारम भर्ने सेवाग्राहीहरूलाई सेवा प्रदान सुरु गरी सकिएको र १/२ दिनभित्रमा नयाँ आवेदन फारम भर्नका लागि बुकिङ खुला गरिने बताएको छ ।

यो समाचार शेयर गर्नुहोस्
610SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?