National life

सात दिनभित्र दर्ता नगरे मेटामाथि प्रतिबन्ध लाग्ने सञ्चारमन्त्री गुरुङको चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ वैशाख २०८२, शुक्रबार
887Shares
सात दिनभित्र दर्ता नगरे मेटामाथि प्रतिबन्ध लाग्ने सञ्चारमन्त्री गुरुङको चेतावनी
ncell

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सात दिनभित्र दर्ता प्रक्रियामा नआए सामाजिक सञ्जाल कम्पनी मेटालाई नेपालमा प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्।

शुक्रबार काठमाडौँमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा उनले मेटालाई नेपालमा दर्ता हुन पटक–पटक सूचना जारी गरिए पनि कम्पनीले अटेर गरेको बताए । तेस्रो पटकको सूचनाको म्याद केही दिनअघि सकिएको उल्लेख गर्दै उनले अबको सात दिनभित्र दर्ता नभए प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्।

उनले मेटाबाट नेपालमा सञ्चालित फेसबुक, म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्रामबाट प्रत्येक घण्टा पैसा बाहिरिएको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
"हाम्रो समाजबाट पलपलमा हजारौँ रुपैयाँ मेटाको कार्यालयतिर गइरहेको छ। यहाँ दर्ता हुनुपर्दैन ? कर तिर्नु पर्दैन ?", उनले प्रश्न गरे।

सरकारले तीन पटक सूचना जारी गरिसकेको र दर्ता प्रक्रियामा आउन अब सात दिनभन्दा बढी समय नदिइने मन्त्री गुरुङको भनाइ थियो ।

यो समाचार शेयर गर्नुहोस्
887SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?