National life

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले ४५ अर्ब तान्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०१ जेठ २०८३, शुक्रबार
2.2kShares
अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले ४५ अर्ब तान्दै
ncell

काठमाडौं । बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँ बजारबाट तान्ने तयारी गरेको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै ४२ दिन अवधिका लागि उक्त रकम उठाउन लागेको हो।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। न्यूनतम १० करोड रुपैयाँदेखि सुरु हुने बोलकबोलमा ५ करोड रुपैयाँको गुणकमा आवेदन दिन मिल्ने व्यवस्था गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउनेछन्। संकलित रकमको साँवा र ब्याज असार १२ गते फिर्ता गरिनेछ।

तरलता सन्तुलन कायम राख्न र मौद्रिक स्थायित्व सुनिश्चित गर्न राष्ट्र बैंकले यस्ता अल्पकालीन उपकरणहरू नियमित रूपमा प्रयोग गर्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?