National life

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा फेरि २५ अर्बको ऋणपत्र जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२९ पुस २०८२, मङ्गलबार
1.1kShares
अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा फेरि २५ अर्बको ऋणपत्र जारी
ncell

काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज पनि २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ। केन्द्रीय बैंकले एक वर्ष अवधिको लागि नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘छ’ को बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो।

उक्त ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। ऋणपत्रमा लगानीकर्तालाई ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ भने मूलधन (साँवा) २०८३ साल पुस २८ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बोलकबोलमा सहभागी हुन बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म, ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन्।

ऋणपत्रको बाँडफाँट गर्दा बोलकबोलमा प्रस्तुत ब्याजदरलाई सानोदेखि ठूलो क्रमअनुसार मिलाइनेछ। आह्वान गरिएको रकम वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्म कायम हुने ब्याजदरलाई एकल ब्याजदर मानिनेछ। सोही एकल ब्याजदर तथा त्यसभन्दा कम ब्याजदरमा बोल गर्ने संस्थाहरूलाई नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गरिने व्यवस्था गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?