National life

अधिक तरलता व्यवस्थापन गर्न आज ५० अर्ब खिच्दै राष्ट्रबैंक, २ बजे बोलकबोल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ मंसिर २०८१, आइतबार
534Shares
अधिक तरलता व्यवस्थापन गर्न आज ५० अर्ब खिच्दै राष्ट्रबैंक, २ बजे बोलकबोल
ncell

काठमाडौँ। बैंक तथा वित्तीय प्रणालीमा पैसा थुप्रिनेक्रम नरोकिएसंगै मंसिर महिनाको दोस्रो दिन नै राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम खिच्न लागेको जनाएको छ । अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो २ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निक्षेप सङ्कलनको सावाँ ब्याज तथा ब्याज भुक्तानी आगामी मंसिर २३ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
534SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?