National life

अन्ततः कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको तयारी असफल, मन्त्री खड्का अन्योलमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ फागुन २०८१, बुधबार
686Shares
अन्ततः कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको तयारी असफल, मन्त्री खड्का अन्योलमा
ncell

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको तयारी असफल भएको छ ।

मङ्गलवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा उर्जा मन्त्री दीपक खड्काले प्राधिकरणले उद्योगको लाइन काटेको विषयमा ब्रिफिङ गरेका थिए । सोही ब्रिफिङ पश्चात् प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त निर्णय लिने कुरा उर्जामन्त्रीको भएको भन्दै सोही अनुसार अगाडि बढ्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनका पश्चात् दबाबमा रहका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का अन्योलमा परेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आम कुलमानलाई हटाउने विषयमा आम नागरिकले खबरदारी गरेसँगै मन्त्री खड्का थप दबाबमा परेका हुन् ।

उक्त मन्त्रिपरिषद् बैठकले सरकारले विद्युत्‌ महसुल बक्यौता समाधानका लागि पूर्व न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । यसअघि सरकारले कुलमानलाई हटाउनेगरि गृहकार्य गरेको समाचार बाहिरिएका थिए।

समाचार बाहिरिए लगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले घिसिङलाई षड्यन्त्रपूर्वक हटाउन लागेको भन्दै सरकारप्रति आपत्ति जनाएको थियो। कुलमान घिसिङलाई हटाउने वा निरन्तरता दिने विषयमा हिजोको मन्त्रिपरिषद् बैठक निर्णायक बन्न सक्ने आँकलन गरिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
686SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?