काठमाडौं । गृहमन्त्री रमेश लेखकले अन्ततः रेशम चौधरीलाई पक्राउ गरिएको घटनाका विषयमा जवाफ दिने भएका छन्। उनले वैशाख २५ गते बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा जवाफ दिने भएका हुन् ।
रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको जवाफ माग गर्दै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरूले उठेर विरोध जनाएपछि गृहमन्त्रीले वैशाख २५ गते बस्ने बैठकमा सो घटनाका विषयमा जवाफ दिने जानकारी गराएको सभामुख देवराज घिमिरेले बताए ।
त्यसअघि दुई पार्टीका सांसदहरूको विरोधका कारण नीति तथा कार्यक्रममाथि छलफल अघि बढाउन समस्या भएपछि सभामुख घिमिरेले उक्त घटनाका विषयमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए।
उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरूले सरकारको जवाफ आउनुपर्ने भन्दै विरोध जनाएपछि गृहमन्त्रीले वैशाख २५ गते जवाफ दिने मौखिक जानकारी संसद सचिवालयका सदस्यलाई जानकारी गराएका थिए।






































