National life

अन्तत : पूँजीगत लाभकरका बिषयमा सरकार पछि हट्यो, ५ र ७.५ % पूँजीगत कर नै अन्तिम

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२१ जेठ २०८०, आइतबार
719Shares
अन्तत : पूँजीगत लाभकरका बिषयमा सरकार पछि हट्यो, ५ र ७.५ % पूँजीगत कर नै अन्तिम
ncell

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले पूँजीबजारमा लिइँदै आएको ५ प्रतिशत र ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर व्यक्तिका लागि अन्तिम कर हुने बताएका छन् ।

अर्थ मन्त्रालयमा आइतवार लगानीकर्ताहरुसँग भएको छलफलमा अर्थमन्त्री डा महतले यस्तो स्पष्ट पारेका हुन् । ‘पूँजीबजारमा ५ प्रतिशत र ७दशमलव ५ प्रतिशत पूँजीगत लाभकर व्यक्तिका लागि अन्तिम कर हुनेछ’, अर्थमन्त्रीले भने, ‘सोहीबमोजिम अर्थ मन्त्रालयले एउटा स्टेटमेन्ट जारी गर्नेछ ।

यसअघि आन्तरिक राजस्व विभागले पूँजीगत लाभकरका बिषयमा स्पष्ट धारणा सार्वजनिक गर्न सकेको थिएन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लगानीकर्ताहरुले पूँजीगत लाभकरका बिषयमा निरन्तर दबाब दिन थालेपछि अन्तत : सरकार पछि हटेको हो ।
विभागले कहिले पटके त कहिले प्राकृतिक व्यक्ति भनेर पूँजीगत लाभकरका बिषयमा स्पष्ट पार्न सूचना जारी गरेको थियो ।

छलफलमा अर्थमन्त्री, अर्थसचिव, आन्तरिक राजस्व विभागका महानिर्देशक, नेपाल धितोपत्र बोर्डका अध्यक्ष, नेप्सेका प्रमुख कार्यकारी अधिकृत, ब्रोकर एशोसिएशनका प्रतिनिधिहरु पदाधिकारी र आन्दोलनरत लगानीकर्ताहरुको उपस्थिति थियो ।

आन्दोलनरत लगानीकर्ताहरुले भने पूँजीबजारमा ५ र ७ दशमलव ५ प्रतिशत नै अन्तिम कर हुनुपर्ने र आर्थिक विधेयक २०८० को २९ नं. बुँदा खारेज हुनुपर्ने माग गर्दै आएका थिए।

यो समाचार शेयर गर्नुहोस्
719SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?