National life

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण २० प्रतिशत सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ वैशाख २०८२, बिहिबार
470Shares
अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण २० प्रतिशत सम्पन्न
ncell

काठमाडौँ । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काम २० प्रतिशत सम्पन्न भएको छ । संघ र प्रदेश सरकारको सहकार्यमा भरतपुर महानगरपालिकाले वडा नं. १५, रामपुरमा रंगशाला निर्माण गरिरहेको छ ।

रंगशालाको काम धुर्मस–सुन्तली फाउण्डेसनको अग्रसरतामा थालिएको भएपनि फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिई काम अघि बढाएको हो । रंगशालाको निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभीसँग ठेक्का सम्झौता भएको छ । महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार चार वटा प्याराफिटमध्ये एउटाको ढलाइ सम्पन्न गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अर्को ढलानको तयारीमा छ । दुवै टावरको पहिलो तल्लाको ढलानको तयारी हुँदैछ । अहिले दैनिक १७० जनाभन्दा बढी कामदारले बिहान ८ बजेदेखि बेलुका ९ बजेसम्म काम गरिरहेको आचार्यले बताए । छड र सिमेन्ट सहज उपलब्धता नहुँदा काममा केही कठिनाइ भए पनि सामग्री जुटाएर काम भइरहेको उनले बताए ।

गत साउनमा बिबिआर जेभीले निर्माण सुरु गरेको हो । वि.सं. २०८३ पुस २२ गतेसम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी ७८ करोड ५० लाख ९१ हजार १ सय ८९ रुपैयाँमा ठेक्का लगाइएको हो । गत असार २३ मा ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो । रंगशाला निर्माणका लागि संघीय सरकारले २५ करोड र प्रदेश सरकारले १० करोड रुपैयाँ उपलब्ध गराइसकेका छन् ।

प्रदेश सरकारले ७० प्रतिशत र संघीय सरकारले ३० प्रतिशत उपलब्ध गराउने सहमतिअनुसार रंगशालाको काम अघि बढेको हो । अन्तर्राष्ट्रिय स्तरको मापदण्डअनुसार रंगशाला निर्माण भइरहेको छ । पहिलो चरणको यो काम सम्पन्न भएसँगै अन्तर्राष्ट्रियस्तरका खेल यहाँ आयोजना गर्न सकिने छ ।

nic asia capital

त्रिभुवन विश्वविद्यालयको नाममा रहेर कृषि तथा वन विज्ञान विश्व विद्यालयले उपयोग गरिरहेको २० विघा १९ कठ्ठा जमिनमा रङ्गशाला निर्माण भइरहेको छ । गर्मी भएकाले साँझ र रात्रीकालीन समयमा समेत खेल खेलाउन बत्तिको व्यवस्था गर्न महानगरपालिकाले संघीय सरकारसँग अनुरोध गरेको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले सम्झौताअनुसार तालिकामा काम भइरहेको बताए । महानगरबाट गर्नुपर्ने आवश्यक सहजीकरण गरिरहेको पनि उनले जानकारी दिए । सम्झौता अवधिभित्रै काम सम्पन्न हुनेमा विश्वस्त रहेको उनको भनाइ छ ।

यो समाचार शेयर गर्नुहोस्
470SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?