National life

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, भयो सर्वाधिक सेयर कारोबार

कारोबार भएका कम्पनीमध्ये १६९ वटाको सेयर मूल्य बढेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२० असोज २०८३, मङ्गलबार
455Shares
यी कम्पनीमा झुम्मिए लगानीकर्ता, भयो सर्वाधिक सेयर कारोबार
ncell

काठमाडौं । साताको कारोबारमा सेयर बजारले सुधारको गति समातेको छ। मंगलबार नेप्से परिसूचक ११.९६ अंकले बढेर २,५७८.७३ विन्दुमा पुगेको छ।

Royal Enfield
nic asia capital

आज बजारमा ८९ लाख ५५ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब १३ करोड ८१ लाख रुपैयाँ पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये १६९ वटाको सेयर मूल्य बढेको छ भने ९५ वटा कम्पनी घटेका छन्। १५ कम्पनीको मूल्य भने स्थिर रह्यो।

बढ्ने कम्पनीतर्फ त्रिशुली जलविद्युतको ५.११ प्रतिशत, साल्पा विकास बैंकको ३.७७ प्रतिशत, हाथवे इन्भेष्टमेन्टको ३.६५ प्रतिशत, बुटवल पावरको ३.५७ प्रतिशत र लिबर्टी इनर्जीको ३.५० प्रतिशतले सेयर मूल्य बढेको छ।

त्यसैगरि, घलेम्दी हाइड्रोको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २३ करोड ९१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

लिबर्टी इनर्जीको १३ करोड ९१ लाख, हिमाल दोलखा हाइड्रोपावरको ९ करोड ७५ लाख, लक्ष्मी सनराइज बैंकको ८ करोड ७९ लाख, पीपल्स् हाइड्रोपावरको ८ करोड १२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

समग्र बजारमा अधिकांश कम्पनीको मूल्य बढेसँगै नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको हो।

यो समाचार शेयर गर्नुहोस्
455SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?