National life

अफताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि इजलासमै कालो मोसो प्रहार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ जेठ २०८२, बिहिबार
428Shares
अफताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि इजलासमै कालो मोसो प्रहार
ncell

काठमाडौँ। इट्टा भट्टामा हालेर मान्छेलाई जिउँदै जलाएको कसुरमा ६ वर्षदेखि जेलमा रहेका नेपाली कांग्रेसका नेता एवं रौतहटका पूर्व सांसद मोहम्मद अफताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो प्रहार भएको छ ।

नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा.खुसीराम थारुलाई मोसो प्रहार गरेका हुन्। उनीहरूले इजलासमै पुगेर न्यायाधीश थारुमाथि मोसो प्रहार गरेका हुन्।

Royal Enfield
nic asia capital

मोसो प्रहार गरे बाहिर निस्कन खोजेका बहुमतका कार्यकर्ताहरूलाई प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। थारुसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्व सांसद अफताब आलमलाई सफाइ दिएको थियो ।

पहिलो संविधानसभाको निर्वाचनको बेला चुनावलाई प्रभावित पार्न २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम बिस्फोटमा घाइते भएका २३ जना व्यक्तिहरूलाई जिउँदै इट्टा भट्टामा हालेर हत्या गरेको कसुरमा दोषी ठहर गर्दै रौतहट जिल्ला अदालतले २०८१ वैशाख १३ गते आलमसहित चार जनालाई जन्ममकैदको सजाय सुनाएको थियो।

यो समाचार शेयर गर्नुहोस्
428SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?