काठमाडौं। अब नेप्सेमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ । केन्द्रीय बैंकले शुक्रबार नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
साथै, राष्ट्र बैंकले नेपाली उद्योगमा कायम रहेका कुल नेपाली सेयरधनीहरुको सेयर धारण अनुपात नघट्ने गरी हुने विदेशी लगानी र औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिमको रुग्ण उद्योगहरुको विदेशी लागानीमा पनि राष्ट्र बैंकको स्वीकृति नचाहिने जनाएको छ । विनियमावली संशोधन गर्दै यी ३ क्षेत्रमा हुने विदेशी लगानीमा स्वीकृति नचाहिने व्यवस्था गरेको हो ।


































