National life

अमेरिकाले नेपाललाई चिठी पठायो, एमसीसी परियोजना नरोकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ साउन २०८२, सोमबार
477Shares
अमेरिकाले नेपाललाई चिठी पठायो, एमसीसी परियोजना नरोकिने
ncell

काठमाडौँ । अर्थ मन्त्रालयले नेपालमा एमसीसी अन्तर्गतका परियोजना निरन्तर हुने जानकारी अमेरिकाले दिएको बताएको छ । सोमबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकाबाट एमसीसीले जुलाई २४ मा पुनरावलोकन कार्य समाप्त भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारीसहितको पत्र पठाएको जानकारी गराएको हो ।

अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को मिति २०८१/११/२२ गतेको पत्रानुसार नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट कार्यान्वयन अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ को कार्यकारी आदेशअनुसार पुनरावलोकनका लागि स्थगन भएकोमा एमसीसीको जुलाई २४, २०२५ को पत्रबाट उक्त पुनरावलोकन कार्य समाप्त भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी प्राप्त भएको ब्यहोरा सरोकारवालालाई जनकारी गराइएको छ ।’

अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को गत फागुन २२ गतेको पत्रअनुसार नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट कार्यान्वयन अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ को कार्यकारी आदेशअनुसार पुनरावलोकनका लागि स्थगन भएको थियो ।

Royal Enfield
nic asia capital

तर गत बिहीबार एमसीसीले पठाएको पत्रमा पुनरावलोकन कार्य समाप्त भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको उल्लेख गरेको जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
477SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?