National life

‘अर्थतन्त्रमा देखिएका समस्या अस्थायी हुन् ,डराउनु पर्ने अवस्था छैन् ’

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२७ साउन २०८०, शनिबार
686Shares
‘अर्थतन्त्रमा देखिएका समस्या अस्थायी हुन् ,डराउनु पर्ने अवस्था छैन् ’
ncell

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएको बताएका छन्। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएकाले डराउनु पर्ने अवस्था नरहेको बताएका हुन्।

‘नेपाल अहिले बिस्तारै विकासको बाटोमा अघि बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कोरोना भाइरस लगायत विविध कारणले अर्थतन्त्रमा केही समस्या देखिएका छन्। तर यो अस्थायी हो र नेपाल अब अघि बढ्छ,’ उनले भने, ‘नेपालमा व्यापार व्यवसाय गर्न ठूलो अवसर छ, विदेश गएकाहरुले पनि नेपालमा अवसर छ भनेर फर्किएर आएर यहाँ प्रविधि प्रयोग गरी राम्रो गरिरहका छन्। आईटी क्षेत्र कोभिडपछि नेपालमा युवाहरुले अरु बाहिर जाने अवस्था नभएकाले उनीहरुको दिमाग कम्प्युटरमा गयो। आईटी क्षेत्र राम्रो बन्दै गइरहेको छ।’

अर्थमन्त्री महतले नेपालमा आइटी क्षेत्रले उल्लेखनीय काम गरिरहेको भन्दै बजेटमा पनि आइटी क्षेत्रमा लगानी गर्ने लगानी कर्ताका लागि राम्रो अवसर दिएको बताए।

मन्त्री महतले नेपाली युवाहरुले विदेशमा सफ्टवेयर निर्यात गरेर नेपाललाई पनि फाइदा पुर्याउनुको साथै आफ्नो पनि जिवन स्तर सुधारेको बताएका छन्। आइटी क्षेत्रका लागि धेरै ठूलो लगानी गर्न पर्दैन,’ महतले भने , ‘यसको लागि समर्पण र स्किल भए पुग्छ। त्यसमा पनि लाग्न अनुरोध गर्छु। यस पटकको बजेटमा आइटी क्षेत्रमा लगानी गर्नेलाई ५० प्रतिशत कर कम गर्ने निर्णय गरेको छु।’

 

यो समाचार शेयर गर्नुहोस्
686SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?