National life

अर्बौं लगानी गर्ने बैंकहरूले अझै पनि गरिबका लागि ऋण प्रवाह गरेनन् : अध्यक्ष ओली

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ भदौ २०८०, आइतबार
450Shares
अर्बौं लगानी गर्ने बैंकहरूले अझै पनि गरिबका लागि ऋण प्रवाह गरेनन् : अध्यक्ष ओली
ncell

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बैंकहरूले गरिबका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले आइतबार च्यासलमा आयोजना गरेको कार्यक्रमा बाेल्दै ओलीले यस्ताे बताएका हुन् ।

अध्यक्ष ओलीले ठूलो पुँजीपतिहरूलाई खोजेर अर्बौं लगानी गर्ने बैंकहरूले अझै पनि गरिबलाई भने ऋण नदिएको बताए । साना बैंक तथा वित्तीय संस्थाले बाख्रा पालन जस्ता व्यवसायको लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको उनले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भने, ‘बैंकहरूले कि त अहिलेजस्तै ठूलाठूला पुँजीपति खोजेर लगानी गर्ने, तर साँच्चै जसलाई ऋण चाहिएको छ, उसकहाँ बैंकको ऋण पुग्दैपुग्दैन, जो अर्बपति छ, उसँग मात्रै ऋण पुग्छ ।'

ओलीले गरिबलाई पनि बैंकहरूले कुनै व्यवसाय गर्नका लागि सिड मनीको रूपमा ऋण प्रवाह गर्नुपर्ने बताए ।

यो समाचार शेयर गर्नुहोस्
450SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?