काठमाडौँ : सभापोखरी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा डाकेको छ । सभा चैत २४ गते अरिकल इभेन्ट्स, महाराजगंज, काठमाडौँमा दिउँसो ३ बजेदेखि सुरु हुनेछ। सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा छलफल गर्नेछ।
आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ

































