National life

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न हुलास इन्फ्राले डाक्यो साधारण सभा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ पुस २०८१, सोमबार
464Shares
आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न हुलास इन्फ्राले डाक्यो साधारण सभा
ncell

काठमाडौं। हुलास इन्फ्रा लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । कम्पनीको दोस्रो वार्षिक साधारण सभा पुस २१ गते काठमाण्डौको कमलादीमा रहेको हामा आइरन बिल्डिङको छैठौं तल्लामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयर प्रिमियम मूल्यमा सर्वसाधारणको लागि प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने र सोही सार्वजनिक निष्काशनका लागि छुट्याईएको सेयर मध्येबाट धितोपत्र सम्बन्धी प्रचलित नियम कानूनमा तोकिए बमोजिमको प्रतिशतले हुन आउने सेयर सम्बन्धित क्षेत्र तथा समूहलाई सेयर निष्काशन तथा बिक्री गर्ने र सार्वजनिक निष्काशनबाट प्राप्त रकमको उपयोग सम्बन्धी प्रस्ताव छलफल गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै कम्पनीले सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गरे पश्चात संसोधित प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भए बमोजिमको सञ्चालक समितिको संरचना परिवर्तन गर्ने, कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशनको लागी अण्डरराईटर नियूक्ती गर्ने, र प्रारम्भिक सार्वजनिक निष्काशनका सम्बन्धमा गर्नु पर्ने कार्यहरु तथा साधारणसभाबाट भएको निर्णयको कार्यान्वयनको लागि नियमनकारी निकायबाट कुनै दर्ता, थपघट वा संशोधन गर्न निर्देशन दिएको खण्डमा सो वमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी बिशेष प्रस्ताव पनि पारित गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत गरिने कम्पनीको आव २०८०र८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित लेखापरीक्षण भएको गत आवको नगद प्रवाह विवरण र २०८१ असार मसान्तको वासलात पारित गर्ने आव २०८१र८२ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने, आव २०८०र८१ को सीमा भन्दा बढीको चन्दा अनुमोदन गर्ने, आव २०८०र८१ को चुक्त पूँजी तथा संचित मूनाफाको कूल रकम भन्दा बढी ऋण लिएको, नयाँ सञ्चालक समितिको निर्वाचन गर्ने र नयाँ कम्पनी सचिव नियुक्ति गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
464SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?