National life
cg eloctronics

आईसीएफसी फाइनान्सको आजदेखि कुल ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|११ फागुन २०८२, सोमबार
1.6kShares
आईसीएफसी फाइनान्सको आजदेखि कुल ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन
muktinatha bikash bank

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले आजदेखि कुल ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ। कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता ‘८ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर’ जारी गरेको हो।

निष्कासन गरिने कुल ऋणपत्रमध्ये ३ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी २ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत उपलब्ध गराइने कम्पनीले जनाएको छ। सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

७ वर्ष अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज प्राप्त गर्नेछन्।

लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। निष्कासन छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गते बैंकिङ समयपछि बन्द हुनेछ।

everest bank

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

उक्त ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडलाई दिइएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत माघ २१ गते ऋणपत्र निष्कासनका लागि अनुमति प्राप्त गरेको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?