National life

आईसीएफसी फाइनान्सले ८ वर्षयता उच्च लाभांश घोषणा, १५.७८९५% नगद वितरण गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२३ कात्तिक २०८२, आइतबार
1KShares
आईसीएफसी फाइनान्सले ८ वर्षयता उच्च लाभांश घोषणा, १५.७८९५% नगद वितरण गर्ने
ncell

काठमाडौं। आईसीएफसी फाइनान्सले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको कार्तिक २३ गते बसेको संचालक समितिको बैठकले यस निर्णय गरेको हो।

यसअनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो प्रस्तावित लाभांश पछिल्ला ८ वर्षमा सबैभन्दा उच्च हो। हाल कम्पनीको चुक्ता पूँजी रु. १ अर्ब १८ करोड ३४ लाख रहेको छ।

कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाको पारित पछि मात्र लाभांश लगानीकर्तामा वितरण गरिने जनाएको छ । आईसीएफसी फाइनान्सको यो कदमले लगानीकर्ताको विश्वास र वित्तीय लाभ सुनिश्चित गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ।

कम्पनीको उच्च लाभांशले शेयरधनीहरूको दीर्घकालीन लगानी आकर्षित गर्ने र बजारमा सकारात्मक संकेत दिने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?