National life

आजदेखि नयाँ बजेट कार्यान्वयनमा, गत वर्षको तुलनामा राजस्व १ खर्ब २० अर्बले बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ साउन २०८२, बिहिबार
524Shares
आजदेखि नयाँ बजेट कार्यान्वयनमा, गत वर्षको तुलनामा राजस्व १ खर्ब २० अर्बले बढ्यो
ncell

काठमाडौं। आजदेखि सकिएको आर्थिक वर्ष २०८१/०८२ मा सरकारले कुल ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा १० खर्ब ५८ अर्ब भन्दा १ खर्ब २० अर्ब रुपैयाँले बढी हो । प्रतिशतका हिसाबले हेर्दा ११.३३ प्रतिशतको वृद्धि देखिएको छ ।

Royal Enfield
nic asia capital

आर्थिक वर्ष २०८१र८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अर्ध वार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको अर्थमन्त्रालयको भनाई छ ।

अर्थ मन्त्रालयले विपद, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरू हुँदा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक रुपमा राजस्व संकलन भएको जनाएको छ । चालू आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य छ। आर्थिक वर्ष २०७१/७२ मा ४ खर्ब ५ अर्ब रुपैयाँ, आर्थिक वर्ष २०७/७३ मा ४ खर्ब ८१ अर्ब रुपैयाँ, आर्थिक वर्ष २०७३/७४ मा ६ खर्ब ९ अर्ब रुपैयाँ, आर्थिक वर्ष २०७४/७५ मा ७ खर्ब २६ अर्ब रुपैयाँ, आर्थिक वर्ष २०७५/७६ मा ८ खर्ब २९ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।

राजस्व महाशाखाका अनुसार, अन्तर्राष्ट्रिय आर्थिक चुनौती र विपद् व्यवस्थापनका समस्याहरू हुँदाहुँदै पनि अघिल्लो वर्षको तुलनामा उत्साहजनक नतिजा हासिल भएको छ। मन्त्रालयले चालू आर्थिक वर्ष २०८२/०८३ मा १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्यसहित तयारी अघि बढाइसकेको छ ।

गत आर्थिक वर्ष बुधबारबाट सकिएपछि आज बिहीबारदेखि नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएको छ । गत जेठ १५ मा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको बजेट आजदेखि कार्यान्वयनमा आउने भएको छ । अर्थ मन्त्रालयले यस आवमा बजेट कार्यान्वयन मार्गदर्शन बनाइसकेको छ ।

आज साउन १ गते नै सबै मन्त्रालय, विभाग, निकायहरूलाई सर्कुलर गरेर बजेट कार्यान्वयनमा लैजाने अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आव २०८२/८३ का लागि १९ खर्ब ६४ अर्बको बजेट ल्याएका छन् ।

सरकारले अगामी वर्षामा चालु शीर्षकमा ११ खर्ब ८० अर्ब, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ खर्च गर्ने योजनासहित बजेट छुट्याएको छ । उक्त बजेटका लागि स्रोतका रूपमा राजश्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ, वैदेशिक अनुमानबाट ५३ अर्ब ४५ करोड रुपैयाँ व्यहोरिने सरकारी योजना छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
524SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?