National life

आजै गभर्नर नियुक्ति हुने संकेत देखिएपछि शेयर बजारमा हरियाली, लगानीकर्ता उत्साहित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ जेठ २०८२, मङ्गलबार
1.4kShares
आजै गभर्नर नियुक्ति हुने संकेत देखिएपछि शेयर बजारमा हरियाली, लगानीकर्ता उत्साहित
ncell

काठमाडौँ । साताको तेस्रो कारोबारका दिन आज शेयर बजार दोहोरो अंकको सुधार आएको छ । आज बजार ५३ अंकले बढेर २६८१.३६ को विन्दुमा कायम भएको हो ।

आजै गभर्नर नियुक्ति हुनसक्ने सम्भावना बढेसँगै सेयर बजारका लगानीकर्ता उत्साहित भएको मान्न सकिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लामो समयदेखि गभर्नर नियुक्त हुन नसक्दा लगानीकर्ता पनि ‘पर्ख र हेर’ को अवस्थामा अल्झिएका थिए ।

आज ३१० सूचीकृत कम्पनीको १ करोड ६८ लाख कित्ता शेयर खरिद बिक्री हुँदा ७ अर्ब ३१ करोडको शेयर कारोबार भएको छ। उक्त दिन सेयर बजारमा बढोत्तरी आउँदा सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स र राप्ती हाइड्रोको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

त्यसो त प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिच छलफल भएपछि साँझ मन्त्रिपरिषद् बैठक बोलाइएको हो । सम्भवतः बैठकले गभर्नर छनोटका लागि ३ जनाको नाम सिफारिस गर्नेछ । त्यसैको आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई गभर्नरमा नियुक्त गर्ने सम्भावना रहेको छ ।

उक्त दिन सबैभन्दा बढी राधी विद्युत कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४१करोड ८० लाख रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको ३६ करोड ८३ लाख १७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?