काठमाडौँ । आज सोमबारका दिन सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। सरकारले इस्लाम धर्मावलम्बीको पर्व इद–उल फित्र (इद) पर्वको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले आइतबार विज्ञप्ति जारी गर्दै आज सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन्। नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम इद पर्वको सार्वजनिक बिदा दिने निर्णय भएको सूचनामा उल्लेख छ।
सरकारले आज सार्वजनिक बिदा दिएसँगै देशभरका सरकारी कार्यालय, स्कुल, कलेज, बैंक वित्तीय संस्था तथा शेयर बजार बन्द रहने भएको छ । 































