काठमाडौं । साताको तेस्रो कारोबार दिन उर्लिएको बजारमा ब्रेक लागेको छ । आज बजार ८.१८ अंकले घटेर २९२३.४६ को विन्दुमा कायम भएको छ।
बजारमा गिरावट आउदासबैभन्दा बढी नेपाल फानाइन्सको सेयर कारोबार भएको छ । कम्पनीको ८१ करोड ९९ लाख ४० हजार रुपैया बराबरको कारोबार भएको छ ।
त्यस्तै हिमालयन रिइन्स्योरेन्सको ६८ करोड २१ लाख ३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री सहित कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको छ ।
उक्त दिन क्रमश शिभम् सिमेन्टको ४४ करोड ४२ लाख ८८ हजार रुपैयाँ, अपी पावर कम्पनीको ४२ करोड ६९ लाख ६४ हजार रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको ४२ करोड १२ हजार रुपैयाँको कारोबार भएको हो ।
विस्तृतमा हेर्नुहोस्

































