National life

आज पनि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|११ फागुन २०८२, सोमबार
1.3kShares
आज पनि बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?
ncell

काठमाडौँ । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ।

आइतबार सुनको मूल्य ३ लाख १० हजार ३ सय रुपैयाँ कायम रहेकोमा आज तोलामा ३ हजार २ सय रुपैयाँले वृद्धि भएको हो। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य निरन्तर बढ्दो क्रममा देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, चाँदीको मूल्य पनि सोमबार बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार ५ हजार ४ सय २५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा १ सय ७० रुपैयाँले बढेको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?