National life

आज सर्वोत्तम सिमेन्ट यी सहित कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ पुस २०८१, बिहिबार
1.2kShares
आज सर्वोत्तम सिमेन्ट यी सहित कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम मौका
ncell

काठमाडौँ । पुस ११ गते, बिहीबारका दिन  सर्वोत्तम सिमेन्ट सहितको ४ कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

आज एचआईडिसिएल, सर्वोत्तम सिमेन्ट, सिद्धार्थ बैंक र ग्रिन भेन्चर्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी अर्थात् एचआईडिसिएल र सर्वोत्तम सिमेन्टले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १२ गते बुकक्लोज गर्दैछन् भने सिद्धार्थ बैंक र ग्रिन भेन्चर्सले भने पुस १४ गते आइतबार बुकक्लोज गर्ने भएको छ। यस अनुसार आज यी कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एचआइडिसिएलले हाल कायम चुक्ता पुँजीको ५.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २४ गते, बुधवार तेह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको तेह्रौँ वार्षिक साधारण सभा कार्की ब्याङ्केट, बबरमहलमा बिहान १० बजे शुरु हुने भएको छ ।

यता, सर्वोत्तम सिमेन्टले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २६ गते, शुक्रबार, होटल भिलासा, भैरहवा, रुपन्देहीमा छैठौँ वार्षिक साधारण सभा बोलाएको छ।

ग्रीन भेन्चर्स लिमिटेडले पुस २८ गते आइतबार, रानी महल ब्याङक्वेट, ज्ञानेश्वर काठमाडौँमा छैटौँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ०.५२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सिद्धार्थ बैंक लिमिटेडले पुस २८ गते आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पुँजीको कर सहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले एसबिएल ८.२५ प्रतिशत अग्राधिकार शेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृती पश्चात जारी गर्ने, प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरू पनि पारित गर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?