काठमाडौँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) साताको दोस्रो कारोबार दिन २.०७ अंकले घटेर २९६२.१३ बिन्दुमा कायम भएको छ।
बजार सोमबार पनि दिनभर ३००० विन्दुको हाराहारीमा रहे पनि पार भने गर्न सकेन । यसअघि आइतबार नेप्से परिसूचक केही बेरका लागि ३००३ विन्दुमा पुगेर ओरालो लागेको थियो ।
सोमबार कुल ३२१ कम्पनीका ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ रुपैयाँ पुग्यो । आज कुल कारोबार संख्या १ लाख ७० हजार ७२६ रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

यस्तै आज ९४ कम्पनीको सेयरमूल्य बढ्दा १५६ कम्पनीको मूल्य भने घटेको छ।
आज शिवम् सिमेन्ट्स लिमिटेड सबैभन्दा बढी कारोबार हुने कम्पनी बन्यो । शिवम् सिमेन्टले सोमबार कुल ९२ करोड ५७ लाख ८२ हजार ७६० रुपैयाँ बराबरको कारोबार गरेको हो ।


































