National life

आत्मरक्षाको दाबी गर्दै युद्धविरामकै बीच दक्षिणी इरानमा अमेरिकी हमला

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१२ जेठ २०८३, मङ्गलबार
760Shares
आत्मरक्षाको दाबी गर्दै युद्धविरामकै बीच दक्षिणी इरानमा अमेरिकी हमला
ncell

काठमाडौं । जारी युद्धविरामकै बीच अमेरिकी सेनाले दक्षिणी इरानमा लक्षित सैन्य कारबाही गरेको जनाएको छ। अमेरिकी पक्षका अनुसार इरानी मिसाइल भण्डारण क्षेत्र तथा समुद्री माइन बिछ्याउन खोजिरहेका डुंगाहरूलाई निशाना बनाएर आक्रमण गरिएको हो।

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्ट्रल कमान्ड) ले विज्ञप्ति जारी गर्दै उक्त कदम ‘आत्मरक्षा’का लागि भएको दाबी गरेको छ। प्रवक्ता क्याप्टेन टिम हकिन्सले युद्धविराम कायम रहे पनि आफ्ना सैनिकको सुरक्षामा कुनै सम्झौता नगर्ने र संयमित ढंगले कदम चालिएको बताएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो घटनाक्रम त्यतिबेला सार्वजनिक भएको हो, जब इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकासँगको वार्तामा केही प्रगति भए पनि तत्कालै शान्ति सम्झौता हुने सम्भावना कम रहेको बताएका थिए।

अमेरिकी सेनाका अनुसार आक्रमण बन्दर अब्बास नजिकै गरिएको थियो, जुन इरानको प्रमुख नौसैनिक अड्डा रहेको क्षेत्र हो। उक्त स्थान होर्मुज जलडमरूमध्य आसपास पर्छ, जसलाई अन्तर्राष्ट्रिय तेल ढुवानीको महत्वपूर्ण मार्ग मानिन्छ।

यसअघि इरानी सरकारी सञ्चारमाध्यमले बन्दर अब्बास क्षेत्रमा विस्फोटको आवाज सुनिएको र त्यसबारे अनुसन्धान भइरहेको जानकारी दिएका थिए। यद्यपि, समाचार तयार पार्दासम्म इरानले अमेरिकी आक्रमणबारे औपचारिक प्रतिक्रिया दिएको छैन।

आक्रमणपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने शान्ति सम्झौताको सम्भावना अझै कायम रहेको बताएका छन्। भारत भ्रमणका क्रममा उनले वार्तामा प्रगति सम्भव रहेको र प्रारम्भिक समझदारीपत्रको भाषा टुंग्याउन केही समय लाग्न सक्ने बताए।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शान्ति सम्झौता गर्न इच्छुक रहेको उल्लेख गर्दै ‘या त राम्रो सम्झौता हुन्छ, नभए कुनै सम्झौता हुँदैन’ भन्ने धारणा व्यक्त गरेका छन्।

यसअघि ट्रम्पले दुवै पक्ष सम्झौताको नजिक पुगेको संकेत दिएका थिए, तर पछि वार्ताकारहरूलाई हतार नगर्न निर्देशन दिएका थिए। रुबियोले समेत केही दिनभित्र सहमति हुन सक्ने बताएका थिए।

तर इरानी प्रवक्ता बकाईले भने धेरै विषयमा प्रगति भए पनि तत्काल सम्झौता हुने दाबी गर्न नसकिने बताएका छन्।

वार्तामा प्रस्तावित प्रारम्भिक समझदारीपत्रमा ६० दिनसम्म युद्धविराम लम्ब्याउने, होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने तथा इरानको आणविक कार्यक्रमबारे थप छलफल गर्ने विषय समेटिएको बताइएको छ।

यो समाचार शेयर गर्नुहोस्
760SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?