National life
cg eloctronics

आन्दोलनका कारण लम्बिए एसइईको उत्तर पुस्तिका परीक्षण सुरु, नतिजा सार्वजनिक अन्योलमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ वैशाख २०८२, बिहिबार
873Shares
आन्दोलनका कारण लम्बिए एसइईको उत्तर पुस्तिका परीक्षण सुरु, नतिजा सार्वजनिक अन्योलमा
ncell

काठमाडौँ । शिक्षक आन्दोलनका कारण लम्बिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तर पुस्तिका परीक्षण सुरु भएको छ । २९ दिनसम्म निरन्तर चलेको आन्दोलन वैशाख १७ गतेसम्म चलेको थियो ।  सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएपछि भने शिक्षकहरू घर फर्किएका थिए। त्यसपछि बन्द भएका सामुदायिक विद्यालय खुलेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार शिक्षक आन्दोलन पश्चात ,सरकार र शिक्षकबिच सहमति भएर विद्यालयमा शिक्षकहरू फर्किएपछि रोकिएको परीक्षणको काम सुरु भएको हो ।

परीक्षा बोर्डले परीक्षा सञ्चालन सकिएपछि असार पहिलो हप्तामा नतिजा प्रकाशन गर्ने लक्ष्य लिएको थियो। तर,शिक्षक आन्दोलनले यो समयमा नतिजा प्रकाशन हुने देखिएको छैन। समयमा उत्तर पुस्तिका परीक्षण नभएकाले नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ।

बोर्डले परीक्षा  प्रतिफल निष्कासनको समेत यकिन गरेको छैन। परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रकका अनुसार अब आधा उत्तर पुस्तिका परीक्षण गरिसकेपछि मात्रै नतिजा प्रकाशनको समयबारे भन्न सकिने जानकारी दिएका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
873SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?