National life

आफ्नो क्षेत्रका मतदातासँग योजना र सुझाव माग्दै विनोद चौधरी, अनलाइन फारम सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१६ माघ २०८२, शुक्रबार
1.1kShares
आफ्नो क्षेत्रका मतदातासँग योजना र सुझाव माग्दै विनोद चौधरी, अनलाइन फारम सार्वजनिक
ncell

काठमाडौँ। नवलपरासी पश्चिम क्षेत्र न. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका विनोद चौधरीले जनताको आवश्यकता र प्राथमिकतामा आधारित संकल्पपत्र तयार गर्ने उद्देश्यसहित नयाँ पहल सुरु गरेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार चौधरीले परम्परागत रूपमा सीमित व्यक्तिको सहभागितामा घोषणापत्र बनाउने अभ्यासको सट्टा, आम नागरिकका वास्तविक समस्या, योजना र अपेक्षा संकलन गर्न मतदातासँग प्रत्यक्ष सुझाव माग गरेका हुन्।

यस अभियानअन्तर्गत उनले आफ्नो आधिकारिक वेबसाइटमार्फत अनलाइन फारम सार्वजनिक गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त फारममा मतदाताले आफ्नो क्षेत्रको समस्या, विकाससम्बन्धी धारणा र आवश्यक योजना उल्लेख गरी पठाउन सक्ने व्यवस्था गरिएको छ। सबै मतदातालाई केही समय छुट्याएर फारम भर्न उनले आग्रहसमेत गरेका छन्।

उनका अनुसार यस प्रयासले नागरिकको भूमिकालाई मतदानमा मात्र सीमित नराखी नीति र योजना निर्माणको तहसम्म पुर्‍याउने विश्वास लिइएको छ।

प्रख्यात उद्योगपति समेत रहेका चौधरीले भने, "कुनै पनि दीर्घकालीन र प्रभावकारी योजना सफल बनाउन व्यवस्थित नेतृत्व र सामूहिक सहभागिता अपरिहार्य हुन्छ।"

उनले चुनावी संकल्पपत्र बन्द कोठामा होइन, जनतासँग संवाद गर्दै तयार गर्न चाहेको उल्लेख गरेका छन्। बर्दघाटदेखि सुस्तासम्म, गण्डक नहरदेखि दाउन्ने क्षेत्रसम्म, कृषकका खेतदेखि व्यापारिक केन्द्रसम्म, शिक्षा, रोजगारी र विभिन्न पुस्ताका आवश्यकताहरू नै आफ्नो प्राथमिकता रहने उनको भनाइ छ।

चौधरीका अनुसार मतदानले सरकार गठन भए पनि समृद्ध समाज निर्माणका लागि नागरिकको सुझाव र सहभागिता अनिवार्य हुन्छ। स्थानीय समस्या स्थानीय बासिन्दाले नै राम्रोसँग बुझ्ने भएकाले विकास योजनामा सबैको सहकार्य आवश्यक रहेको उनले बताएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?