National life

आर्थिक असहजताकाबीच पनि बैंकहरुले कमाए ५७ अर्ब १७ करोड नाफा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०४ असार २०८०, सोमबार
942Shares
आर्थिक असहजताकाबीच पनि बैंकहरुले कमाए ५७ अर्ब १७ करोड नाफा
ncell

कामठमाडौं । चालू आर्थिक वर्षको बैशाख मसान्तसम्म वाणिज्य बैंकहरुले ५७ अर्ब १७ करोड बढी नाफा आर्जन गरेका छन् । सोमबार केन्दीय बैंकले सार्वजनिक गरेको वित्तीय रिपोर्ट अनुसार २१ वटा वाणिज्य बैंकहरुले १० महिनामा कूल ५७ अर्ब १७ करोड २० लाख रुपैयाँ नाफा गरेका हुन् । यो अघिल्लो महिना (चैत मसान्त) सम्मको नाफा भन्दा ८ अर्ब ४७ करोड रुपैयाँले बढी हो ।

गत चैत मसान्तसम्म वाणिज्य बैंकहरुले ४८ अर्ब ७० करोड रुपैयाँ नाफा कमाएका थिए ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

असहज आर्थिक स्थितिका बाबजुद पनि वाणिज्य बैंकहरुको नाफालाई आकर्षण नै मान्नुपर्छ । यद्यपि, बैंकर्सहरु लगानीको तुलनामा अहिलेको नाफा सन्तोषजनक नभएको बताइरहेका छन् । जसले बैंकका लगानीकर्ता खासगरी संस्थापक सेयरधनीहरु प्रमोटर सेयर बेचेर बाहिरिन चाहेको उनीहरुको भनाइ छ ।

नबिल र ग्लोबल आईएमई बैंकको प्रतिस्पर्धा

बैंकिङ व्यवसाय तथा नाफाको सवालमा दुई वाणिज्य बैंक नबिल र ग्लोबल आईएमई बैंककै तीब्र प्रतिस्पर्धा देखिएको छ । यद्यपि, १० महिनाको वित्तीय रिपोर्टमा पनि नबिल बैंक नै अग्रस्थानमा देखिएको छ । यो अवधिमा नबिल बैंकले ६ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै यता दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले ५ अर्ब ३४ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै, एनआर्इसी एशिया बैंकले ४ अर्ब ३९ करोड २० लाख रुपैयाँ नाफा कमाउँदैगर्दा यता राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ ।

यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ८९ करोड ७० लाख रुपैयाँ, एनएमबी बैंकले २ अर्ब ९६ करोड ५० लाख रुपैयाँ, प्राइम कमर्सिल बैंकले २ अर्ब ७९ करोड ९० लाख रुपैयाँ नाफा कमाएका छन् ।
यस्तै, स्ट्याण्र्ड चार्टर्ड बैंकले २ अर्ब ७८ करोड ६० लाख रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब ७५ करोड ८० लाख रुपैयाँ, हिमालय बैंकले २ अर्ब ६४ करोड १० लाख रुपैयाँ, नेपाल बैंकले २ अर्ब ४६ करोड १० लाख रुपैयाँ, प्रभु बैंकले २ अर्ब ३१ करोड रुपैयाँ र एसबीआई बैंकले २ अर्ब ६० लाख रुपैयाँ नाफा कमाएका छन् ।
बाँकी ८ वटा वाणिज्य बैंकहरुको नाफा भने २ अर्बभन्दा कम रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
942SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?