काठमाडौं । वित्तीय संस्थाहरूबाट लिएको ऋण समयमै तिर्न नसक्ने ऋणीको संख्यामा दैनिक रुपमा बृद्धि हुदै गएको छ । जस अनुसार आर्थिक वर्ष २०८१ मा कालोसूचीमा पर्ने ऋणीको संख्या ९४ हजार ४ सय ७७ रहेको कर्जा सूचना केन्द्रले जनाएको छ । यो तीव्र वृद्धिले चेक बाउन्स अत्याधिक रहेको देखाएको छ ।
कर्जा सूचना केन्द्रका अनुसार आर्थिक वर्षको २०८०/८१ मा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी र ५७ लघुवित्त वित्तीय संस्थाले जम्मा ५८ लाख १५ हजार ८ सय ३५ कर्जाको सूचना माग गरेका थिए ।
केन्द्रको तथ्यांकलाइ हेर्दा आर्थिक वर्ष २०७५/७६ मा कालोसूचीमा पर्ने व्यक्ति तथा कम्पनीको संख्या २ हजार ८ सय हाराहारी थियो । त्यसको पछिल्लो आर्थिक बर्ष अर्थात आव २०७६/७७ मा उक्त संख्या बढ्दै ४ हजार ६ सय नाघ्यो ।
त्यसयता लगातार उकालो लागेको कालोसूचीमा पर्नेको संख्या गत आर्थिक वर्षसम्म आइपुग्दा एकै वर्षमा एकाएक बढेर ५२ हजार नाघेको छ। चालु आवमा पनि यो संख्या ५० हजार नाघ्ने अनुमान केन्द्रले गरेको छ ।
पछिल्लो समय कालोसूचीमा पर्ने व्यक्ति तथा कम्पनीहरुमध्ये बहुल अर्थात करिव ७० प्रतिशत व्यक्ति तथा कम्पनीहरु चेक बाउन्सका कारण कालोसूचीमा परेको देखिन्छ भने बाकी रहेको ३० प्रतिशत मात्रै कर्जा तिर्न नसकेर कालोसूचीमा पर्ने गरेको केन्द्रका उपप्रवक्ता तथा सूचना अधिकारी सुमन न्यौपानेले जानकारी दिएका छन् ।
कस्तो अवस्थामा कालो सूचीमा परिन्छ ?
–नक्कली चेक, ड्राफ्ट, विदेशी मुद्रा, क्रेडिट÷डेबिट कार्ड, बिल्स आदि कागजात तथा उपकरण प्रयोग गरी रकम ठगी गरेमा ।


































