National life

उजुरी छानबिन लेखा समितिद्वारा कार्यदल गठन, मोबाइल बैंकिङ सम्बन्धनी नेतृत्वमा बाँस्कोटा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ चैत २०८१, शुक्रबार
398Shares
उजुरी छानबिन लेखा समितिद्वारा कार्यदल गठन, मोबाइल बैंकिङ सम्बन्धनी नेतृत्वमा बाँस्कोटा
ncell

काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले उजुरी छानबिन गर्नका लागि समितिका सदस्य सञ्जय गौतमको नेतृत्वमा ७ वटा उपसमिति गठन गरेको छ ।

उपसमितिले आफ्नो कार्यक्षेत्रभित्र पर्ने ४८ वटा उजुरीउपर छानबिन गर्न यस्तो सुझाव दिएपछि कार्यदल गठन गरिएको हो । त्यसमध्ये टेलिकम, दूरसञ्चार र टेलिभिजनसम्बन्धी उजुरी हेर्न मनिष झा नेतृत्वमा कार्यदल गठन गरिएको छ ।

त्यस्तै, अर्थ मन्त्रालय, गैरकानूनी बीमा, मोबाइल बैंकिङ र एमसीसी सम्बद्ध उजुरीका सम्बन्धमा छानबिन गर्न गोकुल बाँस्कोटा नेतृत्वमा कार्यदल बनाइएको छ ।

Royal Enfield
nic asia capital
यता, संस्कृति पर्यटन तथा नागरिक उड्डयन तथा परराष्ट्र मन्त्रालय सम्बद्ध उजुरीका लागि लेखनाथ दाहाल तथा विद्युत प्राधिकरण तथा सहरी विकास मन्त्रालयसम्बद्ध उजुरीको छानविनका लागि प्रेम आलेको नेतृत्वमा कार्यदल बनाइएको छ ।

साथै, सहकारी, वैदेशिक रोजगार तथा धितोपत्र सम्बन्धी उजुरी छानबिन गर्न सञ्जय गौतमको नेतृत्वमा कार्यदल बनाइएको छ । खेलकुद, नेपाल स्काउट र गैरकानूनी सरकारी जग्गासम्बन्धी उजुरी छानबिनका लागि देवप्रसाद तिमल्सिनाको नेतृत्व रहेको कार्यदल बनाइएको छ ।

त्यस्तै, स्वास्थ्य, क्रसर र केन्द्रीय अनुसन्धान व्युरोसम्बन्धी उजुरी छानबिनका लागि तारा लामाको नेतृत्व रहेको कार्यदल बनाइएको छ । बैठकले समितिमा प्राप्त भएका थप १६ उजुरी र आगामी दिनमा प्राप्त हुने उजुरीको स्क्रिनिङ गर्ने जिम्मा सञ्जय गौतम नेतृत्वको पुरानै समितिलाई दिएको छ । उक्त समितिले छानबिन गर्न सिफारिस गरेका उजुरीलाई कार्यक्षेत्रका आधारमा अहिले बनेका कार्यदलमै छानबिनका लागि पठाइने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
398SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?