National life

४० करोड थान एक रुपैयाँका सिक्का आउँदै, राष्ट्र बैंकले माग्यो अन्तर्राष्ट्रिय बोलपत्र

एक रुपैयाँका सिक्काको ठूलो अर्डर, राष्ट्र बैंकले छाप्न खोज्यो ४० करोड थान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१८ असोज २०८३, आइतबार
325Shares
४० करोड थान एक रुपैयाँका सिक्का आउँदै, राष्ट्र बैंकले माग्यो अन्तर्राष्ट्रिय बोलपत्र
ncell

काठमाडौं । बजारमा एक रुपैयाँका सिक्काको आपूर्ति व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ठूलो परिमाणमा नयाँ सिक्का छाप्ने प्रक्रिया अघि बढाएको छ। बैंकले ४० करोड थान एक रुपैयाँ दरका सिक्का उत्पादन, आपूर्ति तथा ढुवानीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो।

यस प्रक्रियामा राष्ट्र बैंकबाट यसअघि योग्य ठहरिएका अन्तर्राष्ट्रिय सुरक्षा मुद्रण तथा सिक्का उत्पादन कम्पनीले मात्रै सहभागिता जनाउन पाउनेछन्। योग्य कम्पनीमा चीन, बेलायत, जर्मनी, रुस, फ्रान्स र पोल्याण्डका कम्पनी छन्।

Royal Enfield
nic asia capital

बोलपत्र कागजातका लागि २० हजार रुपैयाँ दस्तुर तोकिएको छ। अक्टोबर १५ गते दिउँसो १२ बजे पूर्वबोलपत्र बैठक हुनेछ भने नोभेम्बर ३ गते दिउँसो १२ बजेसम्म प्रस्ताव पेस गर्नुपर्नेछ। सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ।

बोलपत्रमा सहभागी हुने कम्पनीले न्यूनतम १ लाख ४८ हजार अमेरिकी डलर बराबरको धरौटी राख्नुपर्नेछ। बोलपत्रको मान्य अवधि १२० दिन र धरौटीको मान्य अवधि त्यसपछि थप ३० दिन रहनेछ।

राष्ट्र बैंकले आवश्यकता र मूल्यांकनका आधारमा बोलपत्र पूर्ण वा आंशिक रूपमा स्वीकार गर्न वा अस्वीकार गर्न सक्ने जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
325SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?