काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन २ हजार ९ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ।
शुक्रबार प्रतितोला ४ हजार ४५० रुपैयाँ रहेको चाँदी आइतबार ६० रुपैयाँले घटेर ४ हजार ३९० रुपैयाँमा झरेको महासंघले जनाएको छ।





























