National life
cg eloctronics

उद्यमीहरूले अहिले पनि ऋण लिँदा दुःख पाएका छन् , सहज वातावरण बनाउनुपर्ने छ 'कार्की'

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ जेठ २०८२, सोमबार
442Shares
उद्यमीहरूले अहिले पनि ऋण लिँदा दुःख पाएका छन् , सहज वातावरण बनाउनुपर्ने छ 'कार्की'
ncell

काठमाडौँ । पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले १ करोडसम्म उद्यमीहरूले अहिले पनि ऋण लिँदा दुःख पाएको धारणा राखेका छन् ।

आज बसको अर्थ समिति बैंठकमा बाफिया सम्बन्धी छलफलमा उनले त्यस्ता ऋणीहरूलाई बैंकहरुले दुःख दिने गरेको बताउँदै राष्ट्र बैंकको गम्भीर ध्यान जानुपर्ने बताएका हुन । उनकाअनुसार साना, मझौला उद्योगहरू चलायमान नभएसम्म अर्थतन्त्र सही दिशामा जान सक्दैन । त्यसैले सहज रूपमा ऋण लिने वातावरण हुनुपर्छ । कार्कीले बाफिया महत्त्व विधेयक रहे पनि यसमा सुधारका आवश्यकता रहेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पूर्व अर्थमन्त्री कार्कीले भने– ‘१ करोडसम्म ऋण लिने उद्यमीले अहिले पनि सहजै ऋण लिन पाइरहेका छैनन् । राष्ट्र बैंक गम्भीर होस् । उत्साहका साथ ऋण लिन सक्ने, सस्तो ब्याजमा, र समयमै ऋण फिर्ता गर्ने अवस्था सिर्जना गर्नुपर्छ ।’

काँग्रेस सांसद समेत रहेका कार्कीले बैंकर र ब्यापरीबीच फरकबारे अन्तर्राष्ट्रिय अभ्यास हेरेर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
442SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?