National life

ऋण असुली गर्न गएका बैंकका कर्मचारीमाथि कुटपिट, कालोमोसो दलेर दुर्व्यवहार

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२८ मंसिर २०८२, आइतबार
1.1kShares
ऋण असुली गर्न गएका बैंकका कर्मचारीमाथि कुटपिट, कालोमोसो दलेर दुर्व्यवहार
ncell

काठमाडौं । सप्तरी जिल्लाको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारी ऋणसम्बन्धी कामका लागि फिल्डमा जाँदा गम्भीर दुर्व्यवहारको शिकार भएका छन्। कर्जा असुलीको सिलसिलामा पुगेका बैंकका प्रतिनिधिमाथि कालोमोसो दल्ने, कुटपिट गर्ने तथा गालीगलौज गर्ने घटना भएको हो।

बैंककाअनुसार उक्त घटना मंसिर २५ गते घटेको हो। कर्जाको किस्ता लामो समयदेखि नियमित नहुँदा समाधान खोज्ने उद्देश्यले ऋणी पक्षसँग छलफल गर्न पुगेका कर्मचारीमाथि आक्रमण भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

https://www.youtube.com/watch?v=jOgIVDqcv8Q&t=238s

बैंककाअनुसार घटनामा संलग्न व्यक्तिहरू ऋणी तथा उनका आफन्त र कर्जाका ग्यारेन्टर रहेका प्रारम्भिक जानकारी प्राप्त भएको छ। कर्मचारीमाथि भएको यस किसिमको अवाञ्छित व्यवहारबारे नियामक निकाय नेपाल राष्ट्र बैंकलाई समेत औपचारिक जानकारी गराइसकिएको बैंक स्रोतले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?