काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १२ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ३.४३ प्रतिशत धेरै हो । गत वर्ष यस संस्थाले १२ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी ६२ करोड ७२ लाखबाट घटेर ४९ करोड ५९ लाख रुपैयाँ कायम भएको छ । यस्तै संस्थाको इम्पेयरमेन्ट चार्ज रिभर्स ६ करोड ५२ लाख रुपैयाँ भएको छ । सञ्चालन खर्च ५१ करोड ८ लाखबाट बढेर ६२ करोड ६७ लाख हुँदा संस्थाको वितरणयोग्य नाफा ३ करोड ७ लाख रुपैयाँ छ । यो नाफा गत वर्षको भन्दा ८४.१५ प्रतिशत कम हो ।
१ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७९ करोड १० लाख रुपैयाँ रहेको छ । यस्तै वार्षिक प्रतिशेयर आम्दानी १० पैसा छ भने प्रतिशेयर नेटवर्थ १४७.२४ रुपैयाँ छ । एनपीएल १३.५५ प्रतिशत पुगेको छ ।






































