National life
cg eloctronics

एनओसी बन्द भएपछि कोरिया जान लागेका विद्यार्थी आन्दोलित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ जेठ २०८२, आइतबार
493Shares
एनओसी बन्द भएपछि कोरिया जान लागेका विद्यार्थी आन्दोलित
ncell

काठमाडौँ । उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरिया जान लागेका नेपाली विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । सरकारले अचानक वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) बन्द गरेपछि समस्यामा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । सो क्रममा उनीहरूले आइतबार सानोठिमीस्थित एनओसी कार्यालय अगाडि प्लेकार्ड सहित धर्ना दिएका हुन् ।

आन्दोलित विद्यार्थीहरूले पूर्व सूचनाबिना एनओसी बन्द गर्दा आफूहरू समस्यामा परेको बताएका छन् । अध्ययनबाट वञ्चित हुँदा आफूहरूको लगानी खेर जाने अवस्थ आएको उनीहरूको भनाइ थियो । विद्यार्थीहरूले ‘शिक्षा हाम्रो अधिकार हो’, ‘शिक्षा रोक्ने निर्णयले हजारौँ सपना जलिरहेछन्’, ‘हामीले क्षमताले पाएको छात्रवृत्ति तपाईंको राजनीतिले गुम्दैछ’ जस्ता नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए । उनीहरूले सरकारले आफूहरूको भविष्य माथि खेलबाड गरेको आरोप लगाए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले तत्काल आफूहरूको आवाज सुनेर समस्या समाधान गर्नुपर्ने विद्यार्थीहरूको माग छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
493SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?