काठमाडौँ । एयर इन्डियाको दुर्घटनाग्रस्त विमानमा ६१ जना विदेशी नागरिक रहेको पुष्टि भएको छ। विमानमा १६९ जना भारतीय नागरिक र १२ जना क्रु मेम्बर रहेको बताइएको छ।
भने विदेशीहरुमा बेलायतका ५३, पोर्चुगलका ७ र एक जना क्यानडाका नागरिक रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। बिहीबार गुजरातको अहमदाबाद विमानस्थलबाट लन्डनको लागि उडान भरेको एयर इन्डिया ७८७ विमान केही मिनेटमै बस्तीमा खसेको थियो।
विमान डक्टहरू बसिरहेको होस्टेलमा खसेको त्यहाँको प्रहरी अधिकारीले बताएका छन्। उक्त होस्टेलमा ५०/६० जना बस्दै आएको बताइएको छ। विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपानी पनि सवार रहेको बताइएको छ। घटनाको पूर्ण विवरण भने आइसकेको छैन।


































